केही हप्ताभित्रै भारतमा कोभिड-१९ को खोप लगाउन थालिने मोदीको घोषणा « Khabarhub

केही हप्ताभित्रै भारतमा कोभिड-१९ को खोप लगाउन थालिने मोदीको घोषणा


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केही हप्ताभित्रै सर्वसाधारणलाई कोभिड-१९ विरूद्धको खोप लगाउन थालिने बताएका छन् ।

शुक्रबार नयाँ दिल्लीमा आयोजना भएको विपक्षी दलहरुसँगको बैठकका क्रममा मोदीले केही हप्ताभित्रै कोरोनाको खोप तयार भइसक्ने जनाएका हुन् ।

प्रधानमन्त्री मोदीले भनेका छन्, ‘हामीलाई भारतीय वैज्ञानिकहरुले भनेका छन्, हामीले आगामी केही हप्तामा नै यहाँ कोभिडविरुद्धको खोपको शुरुआत गर्दैछौँ ।’

प्रधानमन्त्री मोदीले यसका लागि भारतीय वैज्ञानिकले निकै मेहनत गरेको पनि सो अवसरमा विपक्षी नेताहरुलाई जानकारी गराएका छन् ।

भारतीय वैज्ञानिकहरुले सबैभन्दा पहिला यो खोप कसलाई दिने भनेर सरकारले गृहकार्य गरेको पनि प्रधानमन्त्री मोदीले बताए ।

यो खोप सबैभन्दा पहिला स्वास्थ्यकर्मीहरु, कोभिडको उपचारमा खटेका जनशक्ति, बृद्धबृद्धाहरु र यसका विरामीलाई लगाइने गरी तयारी गरिएको जानकारी पनि मोदीले जानकारी दिए ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ६ : ३३ बजे

मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ

गण्डकी – माघेसङ्क्रान्तिका दिन बागलुङको कुश्मीसेरामा साङ्गीतिक प्रस्तुति दिएकी गायिका

सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो

सुदूरपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना