नेकपा सचिवालय बैठक बालुवाटरमा जारी « Khabarhub

नेकपा सचिवालय बैठक बालुवाटरमा जारी


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक अहिले बालुवाटारमा जारी छ । बैठक बस्नुअघि नेकपा अध्यक्षद्वयबीच छलफल भएको थियो । दुई अध्यक्षको छलफलपछि सचिवालय बैठकमा प्रधानमन्त्री ओली पनि उपस्थित छन्।

बुधबारको बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली अनुपस्थित भएपछि २० मिनेटमै बैठक सम्पन्न भएको थियो।

आजको सचिवालय बैठक अगाडि प्रचण्ड–माधव नेपाल पक्षका नेताहरु खुमलटारमा आन्तरिक छलफलमा जुटेका थिए। सचिवालय बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेका प्रस्तावमाथि छलफल गर्ने तयारी छ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष ओली र ‘प्रचण्ड’बीच कात्तिक २५ यता संवाद ठप्प छ। प्रचण्डले कात्तिक २८ गते दर्ता गरेको १९ पृष्ठको राजनीतिक प्रतिवेदनले ओली र प्रचण्डको दूरी अझ बढाएको छ। उक्त प्रतिवेदनलाई ओलीले ‘आरोप-पत्र’को संज्ञा दिएका छन्।

प्रचण्डको प्रतिवेदनको जवाफमा अध्यक्ष ओलीले मंसिर १३ गतेको सचिवालय बैठकमा ३८ पृष्ठको राजनीतिक प्रतिवेदन बुझाएका छन्। ओलीको प्रतिवेदनका ५३ बुँदामध्ये अधिकांश बुँदामा प्रचण्डमाथि प्रश्न गरिएको छ।

ओलीले प्रचण्डलाई प्रतिवेदन फिर्ता लिन माग गर्दै उक्त प्रतिवेदन खारेज भएको घोषणा समेत गरेका छन्।

नेकपामा विवाद बढ्दै जाँदा शीतल निवासको समेत सक्रियता देखिन थालेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले विवाद समाधानका लागि दुई अध्यक्षलाई बिहीबार शीतल निवासमै बोलाएर छलफल गरेकी थिइन्।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  २ : ०३ बजे

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

कामठाडौं – नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको

कीर्तिमानी डा. उपाध्यायलाई नवौं मानार्थ विद्यावारिधी

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ : नेता सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशमान सिंहले १५औँ