प्रदेश नं १ मा  थपिए ९२ कोरोना सङ्क्रमित « Khabarhub

प्रदेश नं १ मा  थपिए ९२ कोरोना सङ्क्रमित


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ३२ महिलासहित ९२ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

थपिएका सङ्क्रमितमा झापामा ४४, सुनसरीमा २८, मोरङमा आठ, विराटनगरमा दुई, इलाममा पाँच, सोलुखुम्बुमा चार, ताप्लेजुङमा एक र प्रदेश बाहिरका दुई जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा १६८ जना निको भएर घर फर्किएका छन् भने अहिलेसम्ममा २२ हजार ८९९ जना कोरोना सङ्क्रमणबाट मुक्त भएको मन्त्रालयले जनाएको छ ।

यसप्रदेशमा आज ४९२ जनासहित अहिलेसम्ममा कूल एक लाख ९५ हजार ३३१ जनाको पिसिआर परीक्षण गरिएको भइसकेको छ भने हालसम्ममा प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २८ हजार ४७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  १० : ३४ बजे

हिमपातले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

ढोरपाटन– हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा

छ महिनाभित्र बाँकेमा ८६ जनामा कुष्ठरोग पुष्टि

जानकी– चालु आर्थिक वर्षको पहिलो छ महिनामा बाँकेसहित विभिन्न जिल्लाका

कर्णालीमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च

कर्णाली– कर्णाली प्रदेशमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च रहेको

मध्यपहाडको साइकलयात्रामा क्यान्सर विजेतासहितको टोली

गण्डकी– “क्यान्सरलाई जितेपछिको खुसी र सन्तुष्टि अरूलाई बाँड्न चाहन्छु”, हाल

‘जेनजी सहिद परिवारका २७ जनालाई रोजगारीको व्यवस्था गरिएको छ’

पाटन (ललितपुर)- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी सहिद