स्थायी कमिटीमा अनुपस्थित ओलीले पठाए अर्को पत्र « Khabarhub

स्थायी कमिटीमा अनुपस्थित ओलीले पठाए अर्को पत्र


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सम्पन्न भएको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठक आगामी मंसिर २८ गते बस्नेगरी सकिएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । त्यस्तै बैठकले केन्द्रीय कमिटीको बैठक आगामी पुस ५ गते बस्ने निर्णय गरेको छ ।

आजको बैठकमा सहभागी हुने भनिएपनि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली बैठकमा सहभागी भएका थिएनन् । उनले स्थायी कमिटी बैठकमा एक पत्र पठाएको एक नेताले बताए ।

ओलीले पठाएको पत्रमा अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमाथि स्थायी कमिटी बैठकमा छलफल हुन नसक्ने बताएका छन् । उनले आफू बैठकमा नआउनुको कारण प्रचण्डको प्रस्ताव भएको खुलाएका हुन् ।

ओलीले पठाउको पत्र स्थायी कमिटी बैठकमा ईश्वर पोख्रेलले पढेर सुनाएको र पत्रमा ओलीले आफनो पूर्वमान्यता अर्थात् अध्यक्ष दाहालको प्रस्तावलाई बैठकमा औपचारिक छलफल गर्न नसकिने धारणामा रहेकाले बैठकमा अनुपस्थित भएको उल्लेख रहेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

ओली बैठकमा उपस्थित नभएपछि अध्यक्ष दाहालको अध्यक्षतामा बैठक बसेको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ३ : ५७ बजे

सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपराह्नसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीहरूको मत गतगणना जारी

कांग्रेस महामन्त्रीमा पराजित घिमिरेले भने– ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

काठमाडौँ– नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा

बडादसैँको दोस्रो दिन मैतीदेवी मन्दिरमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको आज दोस्रो दिन । आज दसैँ

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु भएको छ

दसैँको बक्सअफिसमा चार स्टारको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौँ– नेपाली चलचित्रका लागि दसैँ केवल चाडपर्वको समय होइन, बक्सअफिसमा