प्रिमियर लिगमा टोटेनहमसँग आर्सनल पराजित « Khabarhub

प्रिमियर लिगमा टोटेनहमसँग आर्सनल पराजित


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमसँग आर्सनल पराजित भएको छ ।

आइतबार राति भएको खेलमा टोटेनहमले आर्सनललाई २-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ह्युङ मिन सन र ह्यारी केनले एकएक गोल गरे ।

खेलको १३औँ मिनेटमा सनले गोल गर्दै टोटेनहमलाई १-० को अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा केनले गोल गर्दै टोटेनहमलाई २-० को जित दिलाए ।

जितसँगै टोटेनहम तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । टोटेनहमले ११ खेलमा २४ अंक जोडेको छ ।

आर्सनल १४ अंकसहित १५औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ६ : ४२ बजे

बर्दिबासमा सौर्य ऊर्जा जडान गरिँदै

महोत्तरी– बर्दिबास नगरपालिका-६ चौलिखामा २० मेगावाट विद्युत् उत्पादन हुने सौर्य

एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा !

काठमाडौं – व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ

मोरङ– सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव

रिहाइ प्रक्रियाका लागि रुपन्देही जाँदै रवि (तस्बिरहरू)

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइ प्रक्रियाका लागि

दुनैमा भौतिक पूर्वाधार विकास गर्न १६ करोड बजेट

काँक्रेविहार– डोल्पा सदरमुकाम दुनैलाई व्यवस्थित बनाउन भौतिक पूर्वाधार विकासको तयारी