आज २०८३ साल कात्तिक २४ गते मंगलबार राशिफल « Khabarhub

आज २०८३ साल कात्तिक २४ गते मंगलबार राशिफल


२४ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल कात्तिक २४ गते मंगलबार सन् २०२६ नोभेम्बर १० तारिख। कार्तिक शुक्ल पक्षको प्रतिपदा तिथि। गोवर्धन पूजा,  नेपाल सम्वत ११४७ प्रारम्भ, म्हपूजा, हलि तिहार, शान्ति र विकासको लागि विश्व विज्ञान दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष  : दिन राम्रो छ । सम्पत्तिको सदुपयोग गर्नुहोला । आफूभन्दा ठूलाबाट सहयोग प्राप्त हुनेछ। शिक्षा स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

वृष  : काम बन्ने  दिन छ । व्यक्तिगत लगानीबाट नाफा हुनेछ । शिक्षामा थप मिहिनेत गर्नु उचित हुन्छ । परिवारको साथ सहयोग मिल्नेछ ।  

मिथुन  : दिन राम्रो छ । समाजमा तपाईंको कामको चर्चा हुनेछ । लगानी गरेको भए व्यापारमा फाइदा हुनेछ । प्रेम  सम्बन्ध सुमधुर  बन्नेछ ।

कर्कट  : दिन राम्रो छ। शिक्षा, स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । गोपनीयता कायम राख्नु उचित हुन्छ । नजिकैको धार्मिक यात्रा तय हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह  : दिन सामान्य राम्रो छ । थोरै बोलेर अघि बढ्नुपर्ने दिन छ । राजनीति र सामाजिक क्षेत्रमा घाटा हुनेछ । स्वास्थ्यमा समस्या हुनसक्ने देखिन्छ । पारिवारिक  मेलमिलाप हुनेछ ।

कन्या  : दिन राम्रो छ । आज खर्च  बढ्ने दिन छ । तर  अरुको विवादले तपाईंलाई फाइदा हुनेछ । स्वास्थ्यमा लाभ मिल्नेछ । शिक्षामा गरेको प्रयास सफल हुनेछ । धार्मिक क्षेत्रमा मन जानेछ । परिवारको साथमा रमाइलो गर्ने दिन छ ।

तुला  : दिन राम्रो छ । स्वास्थ्य, शिक्षामा प्रगति हुनेछ । लगानीको क्षेत्रमा जोश र जाँगर बढ्नेछ। कृषि र जग्गा सम्बन्धी कारोबारमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला ।

वृश्चिक  : दिन राम्रो छ । बोलीको प्रभावले  काम बन्ने दिन छ । तपाईंलाई सहयोग गर्ने साथी बढ्नेछन् । उपचारमा भए स्वास्थ्यमा लाभ हुने दिन छ । परिवारको साथमा नजिकैको रमाइलो यात्रा तय हुनेछ । अग्रजको सुझावमा गरेको काम सफल बन्नेछ ।

धनु  : दिन सामान्य छ । विरोधी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्ने दिन छ । हरेक काममा परिवारको साथ सहयोग मिल्नेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ ।

मकर  : दिन राम्रो छ । सोचेका काम बन्नेछन् । हराएका सामान भेटिने सम्भावना छ । संकटमा साथीको साथ मिल्नेछ । परिवारसँगको सम्बन्धमा सुधार आउने छ ।

कुम्भ  : दिन राम्रो छ । व्यापारमा महत्त्वपूर्ण निर्णय हुनेछ । विश्वास गरेको पात्रले साथ दिनेछन् । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । धार्मिक क्षेत्रका व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ ।

मीन  : दिन राम्रो छ । शत्रु पराजित हुनेछन् । तपाईंबाट फाइदा लिन खोज्ने सक्रिय छन् । परिवारमा मेलमिलाप हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । मनमा उत्साह बढ्ने दिन छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८३, मंगलबार  ५ : ३१ बजे

यमपञ्चक : आज गोवर्द्धन पूजा र हलि तिहार मनाइँदै

काठमाडौँ– आज कार्तिक शुक्ल प्रतिपदा । यमपञ्चक अन्तर्गत आज गोवर्द्धन,

आज २०८३ साल कात्तिक २४ गते मंगलबार राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक २४ गते मंगलबार सन् २०२६

सुन्दर कीर्तिपुर मैदान (फोटो फिचर)

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय

अनुशासित रूपमा २४ सै घण्टा देउसी-भैलो सञ्चालन गर्न दिन गृहको परिपत्र

काठमाडौँ – गृह मन्त्रालयले तिहारका अवसरमा परम्परागत रूपमा खेलिने देउसी–भैलो

चाडपर्वमा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन निर्देशन

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी