नेपालमा बिएमडब्ल्यूको आधिकारीक बिक्री सुरु « Khabarhub

नेपालमा बिएमडब्ल्यूको आधिकारीक बिक्री सुरु


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको लागि बिएमडब्ल्यू मोटर्सको एकमात्र आधिकारीक आयातकर्ता लक्ष्मी प्रिमियम मोटर्सले बिएमडब्ल्यू ब्राण्डको आधिकारीक बिक्री सुरु गरेको छ । काठमाडौँको तीनकुनेमा १० हजार १६५ स्क्वायर फिटको भव्य शोरुममा कम्पनीले बिएमडब्ल्यू गाडीको बिक्री सुरु गरेको हो ।

जर्मन ब्राण्ड बिएमडब्लुलाई नेपाली बजारमा स्थापित गर्न र बजारीकरण गर्न लक्ष्मी प्रिमियमले बिएमडब्ल्यू एशिया र बिएमडब्ल्यू बंगलादेशसँग सहकार्य गरेको छ ।

बिएमडब्ल्यू ब्राण्डले अन्तर्राष्ट्रिय स्तरको शोरुमले नेपाली प्रिमियम कारको अपेक्षा राख्ने ग्राहकहरुलाई उत्कृष्ट ‘ब्राण्ड’को अनुभूती प्रदान गर्ने र प्रिमियम ‘वनर सिप जर्नी’ प्रदान गर्ने लक्ष्य लिएको कमम्पनीले जनाएको छ ।

नेपालमा बिएमडब्ल्यू ब्राण्ड र नयाँ शोरुमको सुरुवात गर्दै बिएमडब्ल्यू ग्रुप एसियाका प्रबन्ध निर्देशक क्रिस्टोफर वेनरले लक्ष्मी प्रिमियम मोर्टससँगको सहकार्यबाट बिएमडब्ल्यू उत्साहित भएको बताए । लक्ष्मी प्रिमियमका कार्यकारी निर्देशक निराकार श्रेष्ठले आफुहरुले नेपालमा बिएमडब्ल्यूको साथ छुट्टै किसिमको ड्राइभिङ अनुभव प्रदान गर्न चाहेको बताए ।

हाल विभिन्न ४ मोडलको प्रदर्शनी देख्न सकिने र अर्कोतर्फ रहेको सर्भिस एरियाले जो कोहिलाई लोभ्याउने कम्पनीले बताएको छ । ग्राहकलाई अहिलेको विषम परिस्थितिमा “कनट्याक्ट लेस” टेष्ट ड्राइभको सुविधा उपलब्ध गराउने र त्यसको लागि ग्राहकले लक्ष्मी प्रिमियमको वेभसाइट वा फोन कलको माध्यमबाट आफ्नो टेष्ट ड्राइभ बुक गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  १ : ५३ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै