अवैध आप्रवासी कामदारले डिसेम्बर अन्त्यसम्ममा बहराइन छाडिसक्नुपर्ने « Khabarhub

अवैध आप्रवासी कामदारले डिसेम्बर अन्त्यसम्ममा बहराइन छाडिसक्नुपर्ने



दोहा : बहराइनमा गैरकानुनी रुपमा बसेका नेपालीसहित बिदेशी कामदारले वैधानिक हुन् वा डिसेम्बर अन्त्यसम्ममा मुलुक छोडि सक्नु पर्ने जनाएको छ ।

बहराइनस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै बहराइनमा अवैध तथा कागजातविहीन (अनडकुमेन्डेट) नेपाली कामदारहरुले आगामी डिसेम्बर ३१ सम्म बहराइन छाडिसक्नु पर्ने जनाएको छ ।

यस प्रक्रियामा जना छुट्नु भएका नेपाली कामदारहरुले सो समय भित्रै अवसरको सदुपयोग गर्न पनि दूतावासले सबै नेपालीमा अनुरोध गरेको छ ।

बहराइनको लेवर मार्केट रेगुलेटोरी अथ्योरिटी (एलएमआरए) ले गत ७ अप्रिल २०२० देखिनै लागू हुनेगरी अवैध रुपमा रहँदै आएका आप्रवासी श्रमिकहरुका लागि आममाफीको घोषणा गरेको थियो ।

स्वदेश फर्किन समस्या भए सम्पर्क गर्नु : एनआरएनए बहराइन

कोरोना महामारीका करण श्रमिकहरुलाई कुनै समस्या भए सम्पर्क गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) बहराइनमा सम्पर्क गर्न आग्रह गरेको छ ।

एनआरएनएले एक सूचना जारी गर्दै बहराइनमा कार्यरत दाजुभाई दिदि बहिनीहरु, कोभिड–१९ का कारण समस्यामा परेका अथवा कोरोना महामारिका कारण रोजगारी गुमाएर स्वदेश फर्किन समस्या परेको भए सम्पर्क गर्न अनुरोध गरेको छ

खान बस्नको लागि समस्या भएका, अलपत्रमा परेका र मानसिक स्वास्थ्य सम्बन्धि समस्याहरुलाई तत्काल संघ समक्ष सम्पर्क गर्न आग्रह गरेका हुन् । नेपाल जानको लागि हवाई टिकट पिसिआर परीक्षण लगायतमा सहयोग गर्ने जनाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  १ : ०६ बजे

विश्व बैंकको ५२ मिलियन ऋण र ५ मिलियन अनुदान स्वीकार, भारतबाट ६० हजार मेट्रिक टन मल किन्ने

काठमाडौं– सरकारले भारतसँग जी टु जी माध्यमबाट ६० हजार मेट्रिक

दुईदिने सार्वजनिक बिदा : पोखराको पर्यटनमा सकारात्मक प्रभाव

गण्डकी– सरकारले शनिबार र आइतबार हप्तामा दुई दिन सार्वजनिक बिदा

राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको प्रवर्द्धन गरिँदै

काठमाडौं– बागमती प्रदेश सरकारले चार राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको विकास गर्ने

काठमाडौंका सरकारी अस्पतालमा बिरामीको चाप (तस्बिरहरू) 

काठमाडौं– सरकारले आइतबार सरकारी अस्पतालमा बिदा दिने निर्णय गरेसँगै सोमबार

पत्रकारले भिडियो खिचेपछि रिसाए प्रधानमन्त्री, तात्तातै निर्देशनपछि सुरक्षाकर्मीले सञ्चारकर्मीलाई रोके

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा मन्त्रिपरिषद् बैठकका क्रममा सञ्चारकर्मीहरूलाई