अस्ट्रेलियाविरुद्धको अन्तिम टी–२० क्रिकेटमा भारत पराजित « Khabarhub

अस्ट्रेलियाविरुद्धको अन्तिम टी–२० क्रिकेटमा भारत पराजित


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ– अस्ट्रेलियाविरुद्धको तेस्रो तथा अन्तिम टी–ट्वान्टी क्रिकेटमा भारत १२ रनले पराजित भएको छ।

घरेलु मैदान सिड्नीमा भएको खेलमा अस्ट्रेलियाले दिएको १ सय ८७ रनको लक्ष्य पछ्याउँदै जवाफि ब्याटिङमा उत्रिएको भारतले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १ सय ७४ रनमात्रै बनाउन सक्यो।

भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ८५ रनको योगदान दिए लक्ष्य भेटाउन सकेनन् ।

यस्तै शिखर धवन २८, हार्दिक पाण्डे २० रनमा आउट हुँदा केएल राहुल र श्रेयस ऐर शून्य रनमा पेभेलियन फर्किएका थिए ।

अस्ट्रेलियाका मिचेल स्विपसनले ३ विकेट लिए भने ग्लेम म्याक्सवेल, सियन अबोट, एन्ड्रयु टाइ तथा अडम जम्पाले १/१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १ सय ८६ रन बनाएको थियो।

अस्ट्रेलियाका लागि म्याथु वेडले सर्वाधिक ८० रन बनाएका थिए भने म्याक्सवेल ५४ तथा स्टिभ स्मिथ २४ रनको योगदान दिए ।

भारतका लागि वासिंगटन सुन्दरले २ विकेट लिएका थिए । टी नटराजन तथा सार्दुल ठाकुरले १/१ विकेट लिए। यसअघि दुई खेलमा पराजित भएको अस्ट्रेलिया भने सान्त्वना जित निकाल्दै टी–टवान्टी सिरिज अन्त्य गरेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ६ : ४५ बजे

रातो पासपोर्ट दुरूपयोग प्रकरण : संविधानसभाका तीन सदस्य उच्चबाट पनि दोषी ठहर

काठमाडौं- उच्च अदालत पाटनले रातो पासपोर्ट दुरुपयोगका क्रममा सरकारी कागजात

नेपाल–इजरायल आर्थिक सहकार्य विस्तारमा जोड

काठमाडौं–  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका

तलब नपाएपछि कङ्गोमा इबोला उपचार केन्द्रका स्वास्थ्यकर्मीको हडताल

एजेन्सी– कङ्गोमा तीव्र रूपमा फैलिरहेको इबोला प्रकोप नियन्त्रणको प्रयासबीच उत्तरपूर्वी

सञ्चारगृहका गेटमा गाडी तेर्स्याइएको घटनाबारे छानबिन हुनुपर्छ : रवि लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सञ्चारगृहका गेटसामु गाडी

संविधानसभाका तीन सदस्यलाई दोषी ठहर गर्ने जिल्ला अदालतको निर्णय सदर

काठमाडौं– उच्च अदालत पाटनले रातो पासपोर्ट दुरुपयोग र कीर्ते कागजसम्बन्धी