कोरोना कहरमा रक्तदानको महत्व अझै बढी छ : सभामुख सापकोटा « Khabarhub

कोरोना कहरमा रक्तदानको महत्व अझै बढी छ : सभामुख सापकोटा


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले कोभिड– १९ को जोखिमका बेला रक्तदानको महत्व अझै बढेर गएको बताएका छन् ।

१४औँ संघीय संसद् सेवा दिवस–२०७७ का अवसरमा आज संसद् सचिवालय परिसर, सिंहदरबारमा आयोजित रक्तदानको सुभारम्भ गर्नुहुँदै सभामुख सापकोटाले कोरोनाका कारण सृर्जित विषमताका बेला गरिएको रक्तदानको महत्व अधिक रहेको चर्चा गरे ।

कार्यक्रममा सभामुख सापकोटाले भने, “रक्तदान जीवनदान त्यत्तिकै भनिएको होइन, रक्तदानको सधैँ भरी महत्व छ, अहिले झनै महत्व छ ।”

सभामुख सापकोटाले दैनिक रगत अभावको खबर आइरहेको स्मरण गर्दै आज गरिएको रक्तदानले सो अभाव टार्न सहयोग हुने विश्वास व्यक्त गरे ।

संसद् सेवा दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएकोमा उनले खुसी व्यक्त गरे ।  कार्यक्रममा दुई जना सांसद, कर्मचारी र सञ्चारकर्मीलगायतले रक्तदान गरेका थिए ।

संघीय संसद् सचिवालयले संसद् सेवा दिवस २०७७ का अवसरमा उच्च स्वास्थ्य सतर्कता अपनाउँदै विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ ।

विसं २०६३ देखि हरेक वर्ष मङ्सिर २८ का दिन संघीय संसद् सेवा दिवस मनाइँदै आइएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ७ : ४० बजे

सबैभन्दा बढी प्युठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भूभागनजिक

फरार प्रतिवादी २६ वर्षपछि पक्राउ

कैलाली । कर्तव्य ज्यान मुद्दामा अदालतबाट कैद फैसला भई झण्डै

यी हुन् सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको ६ अध्यादेश

काठमाडौँ । सरकारले मंगलबार र बुधबार गरेर ६ वटा अध्यादेश

वैशाख १८ देखि काठमाडौंका सुकुम्बासी बस्ती एकैपटक खाली गरिने

काठमाडौं । सरकारले काठमाडौंभरका सुकुम्वासी बस्तीहरू यही वैशाख १८ गते

विश्व विद्यालयमा हुने राजनीतिक नियुक्ति पदमुक्त गर्न अध्यादेश : सरकार

काठमाडौँ । सरकारले विश्व विद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगतमा