कर्तव्य ज्यान मुद्दाका फरार ठकुरी ३० वर्षपछि पक्राउ « Khabarhub

कर्तव्य ज्यान मुद्दाका फरार ठकुरी ३० वर्षपछि पक्राउ


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– जिल्ला प्रहरी कार्यालय तनहुँले कर्तव्य ज्यान मुद्दाका फरार एक व्यक्तिलाई ३० वर्षपछि पक्राउ गरेको छ ।

विसं २०४७ असोज ६ गते सोही वडा निवासी भीमबहादुर परियारलाई दाउराको चिर्पटले टाउकामा प्रहार गरी हत्यापश्चात फरार रहेका शुक्लागण्डकी नगरपालिका–११ बस्ने ४९ वर्षीय टोपबहादुर चन्द ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो ।

तनहुँ जिल्ला अदालतले ठकुरीलाई २०७२ साउन २८ गते सर्वश्वसहित जन्मकैद हुने फैसला सुनाएको थियो । सो मुद्दामा उच्च अदालत पोखराले २०७४ असार १९ गतेको फैसलाले तनहुँ जिल्ला अदालतको फैसला दोहोर्‍याई १० वर्ष कैद सजाय हुने गरी फैसला गरेको थियो ।

यस मुद्दामा पुनः सर्वोच्च अदालतको २०७५ कात्तिक १३ गतेको फैसलाले उच्च अदालतको फैसला नै सदर गरी १० वर्ष कैद सजाय सुनाएकामा तोकिएको कैद भुक्तान नगरी फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी निरीक्षक जगदिश रेग्मीसमेतको टोलीले यही मङ्सिर २२ गते बेलुकी काठमाडौँ महानगरपालिकास्थित एक होटलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी तनहुँ लगेको थियो

पक्राउ परेका ठकुरीलाई तनहुँ जिल्ला अदालतसमक्ष उपस्थित गराइएकामा बाँकी कैद सजाय भुक्तानीका लागि जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ९ : ०७ बजे

विश्वकप क्रिकेट लिग–२ : अमेरिकाले ब्याटिङ रोजेपछि नेपाल बलिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले आज

एमाले सचिवालय बैठक स्थगित, सोमबार बस्ने

काठमाडौँ– नेकपा एमालेको आजका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको

इंग्लिस प्रिमियर लिग : एस्टन भिल्लाले च्याम्पियन्स लिग खेल्ने पक्का

काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुललाई हराउँदै एस्टन भिल्लाले अर्को

नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग कर्णाली सरकारको छलफल

कर्णाली– कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को नीति

अनलाइनमार्फत घरमै नक्सा प्राप्त

भोजपुर– प्रविधिको तीव्र विकाससँगै अब घरमै बसेर जग्गाको नक्सा प्राप्त