२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको जानकारी दिएको छ । जसमध्ये पछिल्लो २४ घण्टामा १ हजार ५६  कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमित मध्ये प्रदेश १ को इलाममा ६, उदयपुरमा २, ओखलढुंगामा २, झापामा २५, धनकुटामा १, पाँचथरमा ४, भोजपुरमा १, मोरङमा ५५, संखुवासभामा ९, सुनसरीमा ७५ र सोलुखुम्बुमा ३ जना रहेका छन् ।

यसैगरी प्रदेश २ को धुनषामा ५, पर्सामा १, रौतहटमा २, सप्तरीमा ९, सर्लाहीमा २ र सिरहामा ६ जना कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै बागमती प्रदेशको काठमाडौंमा ४१२, काभ्रेमा १८, चितवनमा ६९, दोलखामा १०, धादिङमा १८, नुवाकोटमा १, भक्तपुरमा ६९, मकवानपुरमा ६, रसुवामा २, रामेछापमा ४, ललितपुरमा १ सय १३ र सिन्धुपाल्चोकमा ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशको कास्कीमा ९७, गोरखामा ६, तनहुँमा ८, नवलपरासी पूर्वमा २४, पर्वतमा २, लमजुङमा ७, बागलुङमा ११ र स्याङजामा ७ जना कोरोना संक्रमित थपएको मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टाको अवधिमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा १, गुल्मीमा १४, दाङमा १५, नलवपरासीमा ६, पाल्पामा १५, प्यूठानमा १, बर्दियामा १४, बाँकेमा ३६, रोल्पामा १ र रुपन्देहीमा ५१ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

यस्तै कर्णाली प्रदेशको कालिकोटमा १, रुकुम पश्चिममा ३, सल्यानमा १, सुर्खेतमा २ र हुम्लामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार  सुदूरपश्चिम प्रदेशको अछाममा ७, कञ्चनपुरमा २८, कैलालीमा ६२, डडेल्धुरामा ४, डोटीमा १, बझाङमा ८, बाजुरामा २ र बैतडीमा ३ कोरोना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ४ : ४१ बजे

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा

काठमाडौं– पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनः गठनका लागि गठित

बालेनको सम्बोधनकै दिन राष्ट्रसंघअगाडि जलवायु न्यायका लागि प्रदर्शन हुने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने

सुधनलाई रवि किरणको जवाफ : भदौ २७ जेन-जीले हारेको दिन, देश जलाउनेहरूले सत्ता कब्जा गरेको दिन

काठमाडौं- नेपालमा भएको जेन-जी आन्दोलनसँग जोडिएका दुई प्रमुख अगुवा सुधन

माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत

धनगढी– कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि