कांग्रेसले जागरण अभियानका लागि प्रतिनिधि खटायो « Khabarhub

कांग्रेसले जागरण अभियानका लागि प्रतिनिधि खटायो


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले वैशाख ११ देखि जेठ ११ गतेसम्म गर्न लागेको हिमाल, पहाड, तराई–मधेश जागरण अभियानका लागि ७७ वटै जिल्लामा प्रतिनिधि खटाएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीले एक महिनाका लागि गर्न लागेको जागरण अभियानलाई भव्यताका साथ सम्पन्न गर्न सबै जिल्लामा प्रतिनिधि खटाएको जानकारी दिए ।

कांग्रेसले प्रदेश १ का १४ जिल्ला, प्रदेश २ का आठ जिल्ला, प्रदेश ३ का १३ जिल्ला, गण्डकी प्रदेशका ११ जिल्ला, प्रदेश ५ का १२ जिल्ला, कर्णाली प्रदेशका १० जिल्ला र सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा प्रतिनिधि खटाएको हो ।

प्रतिनिधि खटाउँदा कांग्रेसले प्रतिनिधिले गर्नुपर्ने सैद्धान्तिक र व्यवहारिक दायित्वबारे जिम्मेवारी पत्र प्रदान गरेको छ । कांग्रेसले प्रतिनिधि पठाउँदा पार्टीका पूर्वपदाधिकारी तथा केन्द्रीय सदस्यलाई खटाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ९ : ०१ बजे

नेपाली क्रिकेट टोलीमा व्यापक फेरबदल: किन आउट भए सोमपाल र कुशल ?

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्स भ्रमणमा टोलीको प्रदर्शन

भोजपुरको फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को सिमानामा

वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको निधन

जनकपुरधाम– मैथिली साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्रप्रसाद

कास्की अन्नपूर्णवासीको निःशुल्क स्वास्थ्य बीमा

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकाभित्रका सबै नागरिकलाई

रोहित पौडेलको कप्तानी यात्रालाई लिएर पारस खड्का भावुक, भने- ‘हामीलाई तिम्रो अझै खाँचो छ’

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) का सचिव एवं पूर्वकप्तान