विश्वमा ६ लाख ३५ हजार संक्रमित थपिए, एकैदिन १२ हजार बढीको मृत्यु « Khabarhub

विश्वमा ६ लाख ३५ हजार संक्रमित थपिए, एकैदिन १२ हजार बढीको मृत्यु


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वमा एकैदिन ६ लाख ३५ हजार १०८ कोरोना संक्रमित थपिएका छन् । योसँगै विश्‍वमा कोरोना संक्रमितको संख्या ६ करोड ९२ लाख ५ हजार ७२१ पुगेको छ ।

बिहीबार बिहान यो समाचार तयार पार्दासम्म विश्वमा कोरोनाबाट ज्यान गुमाउनको संख्या १५ लाख ७४ हजार ७०४ पुगेको छ । बितेको २४ घण्टामा १२ हजार १४२ जना संक्रमितको मृत्यु भएको वल्डोमिटर्सले जनाएको छ ।

विश्वमा अहिलेसम्म ४ करोड ७९ लाख ४६ हजार ४५४ जना संक्रमणमुक्त भएका छन्।

हाल विश्वमा १ करोड ९६ लाख ८३ हजार ५६३ सक्रिय संक्रमित छन्। तीमध्ये १ लाख ६ हजार २२१ जना गम्भीर बिरामी छन्।

सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रमित संख्या १ करोड ५८ लाख १४ हजार ८७२ पुगेको छ । अहिलेसम्म २ लाख ९६ हजार ६२०ले ज्यान गुमाएका छन्।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  ६ : ४३ बजे

ईश्वर पोखरेल समूहबाट सुरेन्द्र पाण्डेले महासचिवमा प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत जारी बन्द सत्रमा

कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक यही मङ्सिर

मुम्बईमा मेस्सी र सचिनको भेट, वानखेडेमा गुन्जियो ‘बार्सिलोना’को नारा

काठमाडौं – अन्तर्राष्ट्रिय फुटबल सुपरस्टार लियोनल मेस्सी र भारतीय क्रिकेट

एमाले महाधिवेशनः पृथ्वीसुब्बाको संयोजकत्वमा माइन्युट कमिटी गठन

काठमाडौं – नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक

बालेनको आवाज रहेको ‘आम नेपाली बुवा’ र्‍याप सार्वजनिक (भिडियोसहित)

काठमाडौं – चलचित्र ‘झरीपछिको इन्द्रेणी’को गीत ‘आम नेपाली बुबा’ सार्वजनिक