कोरोना संक्रमित पूर्वराजदूत लामाको निधन « Khabarhub

कोरोना संक्रमित पूर्वराजदूत लामाको निधन


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  दक्षिण कोरियाका लागि नेपालका पूर्वराजदूत एवम्‌ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य कमानसिं लामाको निधन भएको छ ।

कोरोना संक्रमित लामाको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा उपचारका क्रममा निधन भएको हो । भेन्टिलेटरमा उपचाररत उनको बुधबार राति १० बजे निधन भएको अस्पतालले जनाएको छ।

६९ वर्षीय लामा मिर्गौला, मधुमेह र उच्च रक्तचापको बिरामी थिए।

२०४८ सालमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार भएका लामा काभ्रेपलाञ्चोक जिल्लाबाट सांसद भएका थिए। काभ्रेका वौद्धिक र अग्रज नेता लामा नेकपाका केन्द्रीय सदस्य समेत थिए।

काभ्रेपलाञ्चोकको साविक चौरी देउराली गाउँपालिका घर भएका लामा काठमाडौं ठमेलमा बस्दै आएका थिए।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  ८ : ३० बजे

ग्लोबल आइएमई बैंकद्वारा ‘उद्यमशाला’ कार्यक्रम घोषणा, आवेदन खुला

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशीलताको विकास तथा लघु,

कास्कीमा रोपाइँ तीव्र, ४७ प्रतिशत रोपाइँ सकियो

लेखनाथ– अघिल्लो वर्षको तुलनामा यस वर्ष एक हप्ताअघि मनसुन सुरु

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

अर्घाखाँची– अर्घाखाँची जिल्ला दुर्लभ तथा सङ्कटापन्न गिद्धहरूको सुरक्षित बासस्थानका रूपमा

टिपरको ठक्करबाट पैदलयात्रुको मृत्यु

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–४ राताखोलास्थित म्याग्दीखोला जलविद्युत् आयोजना क्षेत्रमा आज

फिफा विश्वकप : इजिप्ट नकआउट चरणमा प्रवेश, इरानको सम्भावना जीवितै

काठमाडौँ– फिफा विश्वकप फुटबलअन्तर्गत इजिप्ट र इरानबीचको खेल बराबरीमा सकिएको