क्यानाडामा पनि कोरोनाको खोप स्वीकृत « Khabarhub

क्यानाडामा पनि कोरोनाको खोप स्वीकृत


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- क्यानाडाले पनि कोरोना भाइरस विरुद्धको फाइजर खोप लगाउन स्वीकृति दिएको छ ।

क्यानाडाको स्वास्थ्य सम्बन्धी एक संस्था हेल्थ क्यानाडाले सो खोप १६ वर्षभन्दा माथिका नागरिकलाई लगाउनका लागि अनुमति दिइएको बताएको छ ।

अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले क्यानाडा सरकारले फाइजर खोपको प्रभावकारिता र स्वास्थ्य सुरक्षाबारेको अनुसन्धानपछि खोप लगाउन सुरक्षित देखिएकाले अनुमति दिएको जनाएको छ ।

अब अर्को साताबाट क्यानाडामा सो खोप लगाइने भएको छ । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउले अर्को हप्तासम्ममा यो खोप क्यानाडामा आइपुग्ने जानकारी दिएका छन् ।

क्यानाडाका १४ वटा वितरक कम्पनीलाई खोप वितरणको जिम्मा दिइएको उनले बताए ।

कोरोनाबाट अति प्रभवित देशको सूचीमा रहेको बेलायतले मंगलबारदेखि नै कोरोना विरुद्धको खोप लगाउन थालिसकेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  ११ : ३० बजे

भीएआरको गलत निर्णय: हाल्यान्डको विवादित गोललाई मान्यता दिइएको पुष्टि

म्यानचेस्टर – प्रिमियर लिगको म्याच रेफ्रीको नियामक निकाय (प्रो रेफ)

महाकवि देवकोटाको ६७औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ – नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको

फलाखु खोलामा फड्के र भोटेकोशीमा तुइन बन्यो

रसुवा – रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

हरितालिका : पशुपति क्षेत्रमा बिहानैदेखि व्रतालुको लाम

काठमाडौँ – यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने