मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु | Khabarhub Khabarhub

मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर- मोटरसाइकल दुर्घटना हुँदा पाँचथरको हिलिहाङ गाउँपालिकाका एक युवकको मृत्यु भएको छ ।

सोही मोटरसाइकलमा सवार युवती गम्भीर घाइते भएकी छन् । मृत्यु हुनेमा हिलिहाङ –१ का २४ वर्षीय प्रवीण कालिकोटे र घाइते हुनेमा हिलिहाङ–२ की अन्दाजी २० वर्षीया मुना पाख्रिन  छिन् ।

मेची राजमार्गअन्तर्गत हिलिहाङ–१ दुवीचौरमा सडकभन्दा तल दुर्घटनाग्रस्त अवस्थामा मे४प ८९४ नम्बरको मोटरसाइकलसहित उनीहरुलाई स्थानीयवासीले आज बिहान फेला पारेका थिए ।

प्रहरी र स्थानीयवासीले दुवैलाई उद्धार गरी जिल्ला अस्पताल ल्याएकामा कालिकोटेलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

गम्भीर घाइते भएकी पाख्रिनलाई थप उपचारका लागि झापा पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई सडकबाट झरेको प्रहरीको अनुमान छ । मध्यरात दुर्घटना भएको स्थानीयवासीको अनुमान छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिप्रका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  १ : ०५ बजे

अधोगति लागेको बोइङलाई कतारको राहत

काठमाडौं– पछिल्लो समय अमेरिकी राष्ट्रपति र हवाइजहाजसँग जोडिएका समाचार निरन्तर

आफ्नो आलोचना र विरोधमा उत्रिएपछि बालेनले प्रवक्ताबाट हटाए मानन्धरलाई

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले आफ्नो आलोचना

‘ओ‌लीको विकल्प खोजेको होइन, विधि कुल्चिएर गरिने व्यक्तिपूजाले एमाले बिग्रियो’

बाजुरा- नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीभित्र विधि

माथिल्लो कर्णाली जलविद्युत् आयोजनाले सरकारलाई राजश्वसमेत बुझाउँदैन

सुर्खेत– माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको काम नेपाल सरकार र भारतीय