टीपीएस कार्यक्रम अन्तर्गतका नेपालीले अमेरिकामा थप ९ महिना बस्न पाउने « Khabarhub

टीपीएस कार्यक्रम अन्तर्गतका नेपालीले अमेरिकामा थप ९ महिना बस्न पाउने


२५ मंसिर २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा टेम्पोररी प्रोटेक्टेक स्ट्याटस (टीपीएस) कार्यक्रमअन्तर्गत रहेका नेपालीले थप नौ महिना बस्न पाउने भएका छन् ।

ट्रम्प प्रशासनले नेपालसहितका ६ मुलुकका टीपीएस अन्तर्गत रहेका आप्रवासीलाई अमेरिकामा कानुनी बसोबासको अनुमति थप्ने बुधबार निर्णय गरेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टीपीएस कार्यक्रम बन्द गर्ने पक्षमा वकालत गर्दै आएका छन् । यो कार्यक्रमअन्तर्गत युद्ध वा प्राकृतिक विपत्तिको कारण संकटमा परेका मुलुकका नागरिकलाई अमेरिकामा बसोबासको अनुमति मिल्ने गरेको छ ।

तर, यस्तो बसोबास अब दिने की नदिने भन्नेमा अमेरिकामा अहिले मुद्दा विचाराधिन छ ।

अमेरिकाको पछिल्लो निर्णयले एल सल्भाडर, हाइटी, होण्डुरस, निकारागुआ र सुडानका नागरिक थप नौ महिना अमेरिकामा बस्ने अनुमति मिल्नेछ । उनीहरुको अमेरिकामा रहने म्याद आगामी जनवरी ४ मा सकिँदै थियो ।

नयाँ निर्णयसँगै अब सन् २०२१ को अक्टोबरसम्म यी ६ मुलुकका नागरिकहरुले कानुनीरुपमा अमेरिकामा बसोबासको अनुमति पाएका छन् ।

टीपीएस कार्यक्रमअन्तर्गत अमेरिकामा १५ हजार हाराहारी नेपाली नागरिकहरु बसोबास रहेको बताइन्छ ।

२०७२ वैशाख १२ को भूकम्पपछि अमेरिकी सरकारले नेपालीलाई दिएको टीपीएस सुविधा दिएको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहिबार  १ : २२ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको