‘बर्बरता’ छाडेर शान्तिपूर्ण मार्गमा आउन विप्लव समूहलाई कांग्रेसको आग्रह « Khabarhub

‘बर्बरता’ छाडेर शान्तिपूर्ण मार्गमा आउन विप्लव समूहलाई कांग्रेसको आग्रह

२९ गतेको प्रदर्शनमा सहभागी हुन कार्यकर्तालाई आह्वान


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई बर्बरता छाडेर शान्तिपूर्ण मार्गमा आउन आग्रह गरेको छ।

सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बिहीबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले मोरङमा विप्लव समूहले गरेको शिक्षक हत्याको विरोध जनाउँदै यस्तो आग्रह गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

घटनामा संलग्नलाई कारवाहीको माग गरिएको पनि शर्माले बताए । विप्लव समूहले शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेको थियो।

बैठकमा मंसिर २९ गते हुने देशव्यापी प्रदर्शनमा नेता तथा कार्यकर्ता परिचालन गर्ने निर्णय पनि गरेको छ । विरोध प्रदर्शनलाई सफल बनाउन नेता तथा कार्यकर्तालाई सडकमा आउन उसले अपिल पनि गरेको छ ।

सरकारविरुद्धको विरोध प्रदर्शनमा सरकारलाई दबाब दिन चाहाने आफ्ना सम्पूर्ण शुभचिन्तक,नेता कार्यकतालाई सडकमा आउन अपिल गर्ने निर्णय गरिएको शर्माले जानकारी दिए ।

कोरोना महामारीमा पनि सरकार सत्ताको द्वन्द्वमा नै केन्द्रित रहेको र वर्तमान सरकार गठन भएपछि झनै भ्रष्टाचार बढ्दै गएकाले सरकारकाविरुद्ध सडकमा उत्रन आह्वान गरिएको उनले बताए ।

गत मंसिर १७ गते तनहुँमा पुल उद्घाटनको विषयमा विवाद हुँदा बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रण गरेपछि सरकारविरुद्ध कांग्रेस आक्रामक भएको हो ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार पुल उद्घाटन गर्न अवरोध गरेको भन्दै कांग्रेसले २९ गते देशैभर प्रदर्शन गर्न लागेको हो ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  २ : ५९ बजे

अर्थमन्त्रीको जवाफ- शासकीय सुधारका अधिकांश विषयमा सफलता हासिल गर्‍यौँ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान सरकार गठन भएलगत्तै सार्वजनिक

राष्ट्रियसभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक–२०८३’ लाई

एकता नभए वैकल्पिक शक्ति बनाउनुपर्ने कांग्रेस संस्थापन इतरको धारणा

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेताहरूले पार्टीभित्र एकता हुन

उत्साह दिने हिसाबले मौद्रिक नीति आएको छ : अनलराज भट्टराई

काठमाडौं– यसपटक मौद्रिक नीति सार्वजनिक गर्दा राष्ट्र बैंकले एकैपटक तीनवटा

रुसी आक्रमण चर्किएपछि नाटोसँग हवाई प्रतिरक्षा प्रणाली माग्दै जेलेन्स्की

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टर्कीमा हुने नाटो शिखर सम्मेलनमा युक्रेनमाथि