देशभर ३६६ कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत « Khabarhub

देशभर ३६६ कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म देशभर ३६६ कोरोना भाइरस संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार ३०९ जना आईसीयूमा छन् भने ५७ को भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रदेश १ मा ३६ जना आईसीयूमा र ६ को भेन्टिलेटरमा उपचार भइरहेको छ भने प्रदेश २ मा ७ जना आईसीयूमा र २ जनाको  भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयको बिहीबारको तथ्यांकमा उल्लेख छ ।

यसैगरी बागमती प्रदेशमा १ सय २२ मा आईसीयूमा र ३६ को भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यस्तै गण्डकी प्रदेशमा ७७ जना आईसीयूमा र ८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने लुम्बिनी प्रदेशमा ५३ जना आईसीयूमा र ३ को भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार कर्णाली प्रदेशमा ७ जना आईसीयूमा छन् भने सुदूरपश्चिम प्रदेशमा ७ जना आईसीयूमा र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  १० : ४८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै