बिग बास खेल्न सन्दीप आगामी मंगलबार अस्ट्रेलिया जाने « Khabarhub

बिग बास खेल्न सन्दीप आगामी मंगलबार अस्ट्रेलिया जाने


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग (बीबीएल) खेल्न अर्को साता अष्ट्रेलिया जाने भएका छन् ।

तेस्रो पटक बिग बास खेल्ने तयारीमा रहेका लामिछाने आगामी मंगलबार कतार एयरवेजबाट अस्ट्रेलिया प्रस्थान गर्नेछन्।

अस्ट्रेलिया पुगेपछि लामिछाने १४ दिन क्वारेन्टिनमा बस्ने उजका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए। यसपटक लामिछाने होबार्ट हुरिकन्सबाट बिग बास खेल्ने तयारीमा छन्।

यसअघि उनले लगातार दुई सिजन मेलबर्न स्टार्सबाट बिग बास खेलेका थिए। दशौँ संस्करणको बिग बास लिग आजदेखि सुरु भएको छ। आज सम्पन्न पहिलो खेलमा लामिछाने आबद्ध हुरिकन्सले सिड्नी सिक्सर्सलाई १६ रनले पराजित गरेको छ।

क्वारेन्टिनमा बस्नुपर्ने भएकाले लामिछानेले केही खेल गुमाउनुपर्ने व्यवस्थापक शिवाकोटीले बताए। उनले पछिल्ला दुई सिजनमा २० खेल खेल्दै २६ विकेट लिएका थिए।

यसअघि लामिछानेले गत साउनमा क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेलेका थिए। ट्रिनिडाड एण्ड टोबागोमा भएको सीपीएलमा उनले जमैका तलाबाजमा आबद्ध भई ११ खेलमा १२ विकेट लिएका थिए।

सीपीएलपछि उनी युनाइटेड अरब इमिरेट्समा सञ्चालन भएको इन्डियन प्रिमियर लिग (आईपीएल) मा सहभागी भए। दिल्ली क्यापिटल्समा आबद्ध लामिछानेले यसपटक आईपीएलमा कुनै पनि खेल खेल्न अवसर पाएनन्।

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेको अवस्थामा दुई साताअघि लामिछाने कोरोनाबाट सङ्क्रमित भएका थिए। हाल उनी कोरोनामुक्त अवस्थामा छन्।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  ७ : ५७ बजे

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति