बिग बास खेल्न सन्दीप आगामी मंगलबार अस्ट्रेलिया जाने | Khabarhub Khabarhub

बिग बास खेल्न सन्दीप आगामी मंगलबार अस्ट्रेलिया जाने


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग (बीबीएल) खेल्न अर्को साता अष्ट्रेलिया जाने भएका छन् ।

तेस्रो पटक बिग बास खेल्ने तयारीमा रहेका लामिछाने आगामी मंगलबार कतार एयरवेजबाट अस्ट्रेलिया प्रस्थान गर्नेछन्।

अस्ट्रेलिया पुगेपछि लामिछाने १४ दिन क्वारेन्टिनमा बस्ने उजका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए। यसपटक लामिछाने होबार्ट हुरिकन्सबाट बिग बास खेल्ने तयारीमा छन्।

यसअघि उनले लगातार दुई सिजन मेलबर्न स्टार्सबाट बिग बास खेलेका थिए। दशौँ संस्करणको बिग बास लिग आजदेखि सुरु भएको छ। आज सम्पन्न पहिलो खेलमा लामिछाने आबद्ध हुरिकन्सले सिड्नी सिक्सर्सलाई १६ रनले पराजित गरेको छ।

क्वारेन्टिनमा बस्नुपर्ने भएकाले लामिछानेले केही खेल गुमाउनुपर्ने व्यवस्थापक शिवाकोटीले बताए। उनले पछिल्ला दुई सिजनमा २० खेल खेल्दै २६ विकेट लिएका थिए।

यसअघि लामिछानेले गत साउनमा क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेलेका थिए। ट्रिनिडाड एण्ड टोबागोमा भएको सीपीएलमा उनले जमैका तलाबाजमा आबद्ध भई ११ खेलमा १२ विकेट लिएका थिए।

सीपीएलपछि उनी युनाइटेड अरब इमिरेट्समा सञ्चालन भएको इन्डियन प्रिमियर लिग (आईपीएल) मा सहभागी भए। दिल्ली क्यापिटल्समा आबद्ध लामिछानेले यसपटक आईपीएलमा कुनै पनि खेल खेल्न अवसर पाएनन्।

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेको अवस्थामा दुई साताअघि लामिछाने कोरोनाबाट सङ्क्रमित भएका थिए। हाल उनी कोरोनामुक्त अवस्थामा छन्।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  ७ : ५७ बजे

पूर्व प्रधानमन्त्री र पार्टी प्रमुखहरूले आत्मालोचना गर्दै बिदा लिनुपर्छ : नेता रावल

काठमाडौं – नेकपा (एमाले)का नेता झपट रावलले वर्तमान राजनीतिक दलका

रास्वपाले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भर्चुअल माध्यमबाट बसेको केन्द्रीय

संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन: दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार

नैरोबी – संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा