साक्षरता अभियान : ५ अर्ब खर्च, अवस्था ज्यूँका त्यूँ « Khabarhub

साक्षरता अभियान : ५ अर्ब खर्च, अवस्था ज्यूँका त्यूँ


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साक्षरता अभियानमा सरकारले ५ अर्बभन्दा बढी रुपैयाँ खर्चिए पनि अभियान प्रभावकारी बन्न सकेको छैन । अभियानले निरक्षरता उन्मूलन गर्न नसक्दा सरकारको सो अभियानमाथि नै गम्भीर प्रश्न चिह्न सिर्जना हुन पुगेको छ । प्रायः शिक्षामन्त्रीहरू मन्त्रालयमा आउनासाथ निरक्षरता उन्मूलन गर्ने निर्णय गर्छन् तर आफ्नो निर्णय कार्यान्वयन गर्न उनीहरू लगातार असफल हुँदै आएको राजधानी दैनिकमा खबर छ।

सरकारले लक्षित वर्गको आवश्यकतालाई आधार मानेर साक्षरताका कार्यक्रम अघि बढाउन नसक्दा साक्षरता अभियान सफल हुन नसकेको सरोकारवाला बताउँछन् । शिक्षा विद् डा. विद्यानाथ कोइरालाले केन्द्र सरकारकै कारण साक्षरता अभियानले सार्थकता पाउन नसकेको बताए । कोइरालाले साक्षरता अभियानलाई सफल बनाउन स्थानीय सरकार आक्रामक हुन आवश्यक रहेको बताए । उनले भने, ‘अहिले साक्षरता अभियान प्रचारात्मक छ । अहिलेसम्म संघ सरकारले कार्यविधि, नियमावली दिएको छैन र स्थानीय सरकार पनि जागरुक भएको देखिँदैन ।’

पूर्वशिक्षा सचिव महाश्रम शर्माले आर्थिक, सामाजिक र सांस्कृतिक कारणले पछि परेका समुदायसम्म साक्षरता अभियान पुग्न नसकेको बताए ।

चट्याङबाट बर्सेनि सयको मृत्यु, पूर्वानुमानको संयन्त्र छैन नेपालमा चट्याङबाट बर्सेनि सयभन्दा बढी मर्ने गरेको विपद् व्यवस्थापन महाशाखाको तथ्यांकले देखाउँछ । तर, चट्याङको पूर्वानुमान गरी क्षति न्यूनीकरण गर्ने विषयमा भने सरकारी निकायको ध्यान पुग्न सकेको छैन ।

गृह मन्त्रालयअन्तर्गत रहेको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका अनुसार गत वर्ष मात्रै १०५ जनाको चट्याङका कारण मृत्यु भयो । जसमा ५५ जना पुरुष र ५० जना महिला थिए ।

२८४ जना घाइते भएका थिए । चट्याङ चैत वैशाख र जेठमा पर्ने भएकाले यो समयमा मानिसले सावधानी अपनाउने हो भने चट्याङबाट हुने मानवीय क्षति न्यूनीकरण गर्न सकिने सरोकारवाला बताउँछन् ।

चट्याङबाट बर्सेनि सयभन्दा बढी मानिस मर्ने र ३ सयको हाराहारीमा घाइते हुन्छन् तर यसको रोकथामबारे सरकारी निकायको कुनै ध्यान पुग्न नसकेको हो । चट्याङबाट हुने क्षति न्यूनीकरण गर्ने मुख्य जिम्मेवारीमा रहेको गृह मन्त्रालयले यस विषयलाई उच्च प्राथमिकतामा राख्न नसकेको चट्याङ विशेषज्ञ डाक्टर श्रीराम शर्मा बताउँछन् ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  ७ : १६ बजे

पाकिस्तानद्वारा अमेरिका-इरान तनावमा मध्यस्थता प्रयास जारी

इस्लामाबाद–  पाकिस्तान र इरान र संयुक्त राज्य अमेरिका बीच बढ्दो

राष्ट्रियसभामा परराष्ट्रमन्त्रीले भने- सीमा विवादको कूटनीतिक समाधान गर्छौँ

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले सीमासम्बन्धी विवादहरूलाई कूटनीतिक माध्यम र आपसी

धार्मिक पर्यटनको गन्तव्य बन्दै भुवनेश्वर महादेव मन्दिर

बागमती– काठमाडौँस्थित पशुपतिनाथ कै झल्को दिने मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका–४

निश्कलको प्रश्न- करका दरमा हेरफेर गर्ने गल्ती किन, कसको स्वार्थमा भएको हो ?

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले करका दरमा बारम्बार हेरफेर

कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रणालीलाई सरल र पारदर्शी