जग्गाको मालिक जनतालाई बनाउन प्रतिबद्ध छौँ : मन्त्री मगर « Khabarhub

जग्गाको मालिक जनतालाई बनाउन प्रतिबद्ध छौँ : मन्त्री मगर


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- खानेपानीमन्त्री बीना मगरले वर्षौंदेखि चलनभोग गर्दै आएको स्वामित्व नपाएको जग्गाको मालिक जनतालाई बनाउनका लागि काम अगाडि बढाइएको बताएकी छिन ।

आज कञ्चनपुरको बेलडाँडी गाउँपालिका कार्यालयको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दै उनले चुनावमा गरिएको प्रतिबद्धताअनुसार सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको मालिक बनाउन लागिएको बताएकी हुन ।

वर्षौंदेखि थाति रहेको आरक्ष विस्थापित परिवारको पुनःस्थापनको कार्य अगाडि बढाउनका लागि पहल भइरहेको उनले बताइन ।

“आरक्ष विस्तारका क्रममा सयौँ परिवार विस्थापनमा परेका छन् यसबारे जानकार छु”, उनले भनिन, “यस समस्यालाई गम्भीरतापूर्वक लिएको छु ।”

जिल्लाको विकासका लागि कटिबद्ध रहेको धारणा अघि सार्दै उनले विकासका लागि योजनाबद्धरुपमा काम अगाडि बढाइएको बताइन।

भवन उद्घाटन कार्यक्रममा सहभागी नेकपा सुदूरपश्चिम प्रदेशका संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले कार्यालय भवन निर्माणले प्रशासनिकसँगै विकास निर्माणका काम अगाडि बढाउन सहज हुने बताए ।

गाउँपालिकाको चारतले भवन रु सात करोडको लगानीमा निर्माण गरिएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  ९ : ५७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै