जापानमा तेस्रो लहरको संक्रमण, एकैदिन २ हजार ७३३ जना संक्रमित « Khabarhub

जापानमा तेस्रो लहरको संक्रमण, एकैदिन २ हजार ७३३ जना संक्रमित


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जापानमा कोरोनाभाइरस संक्रमणको तेस्रो लहर शुरू भएको छ।

पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ७३३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो संक्रमणमा  ५५५ जनामा गम्भीर लक्षण देखिएको छ ।

डिसेम्बर ९ अर्थात् गत बुधबार पनि त्यहाँ २ हजार ८३७ जना संक्रमित थपिएका थिए । त्यहाँ नोभेम्बरयता संक्रमण बढ्न थालेको छ।

जापानका ६ वटा राज्यमा फेरि संक्रमण फैलिएको क्योडो न्यूज एजेन्सीले जनाएको छ ।

संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि त्यहाँ तेस्रो लहरको संक्रमण सुरू भएको विज्ञहरूलाई उद्धृत गर्दै जापानी सञ्चार माध्यमहरूले जनाएका छन् ।

पछिल्लो वृद्धिसँगै जापानमा संक्रमितको संख्या एक लाख ६८ हजार ५७३ पुगेको छ । तीमध्ये एक लाख ४३ हजार ६ जना संक्रमणमुक्त भएका छन् ।

२ हजार ४६५ जनाको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा मात्र त्यहाँ ४५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ६ : १७ बजे

चीनको अवरोधबीच ताइवानका राष्ट्रपति कसरी पुगे अफ्रिकाको इस्वाटिनी ?

ताइपेई- ताइवानका राष्ट्रपति विलियम लाई चिङ–तेले चिनियाँ अवरोध प्रयासबीच अफ्रिकी

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

कलैया– जिल्लामा यस वर्ष किसानले खेती गरेको गहुँ बाली मौसम

निजी क्षेत्रलाई बोलाएर रवि लामिछानेले दिए १० सन्देश

काठमाडौं- पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता

अग्लो डोजर नहुँदा रोकियो कपन गुम्बा क्षेत्रको अभियान

काठमाडौं– डोजरको उचाइ पर्याप्त नभएका कारण कपन गुम्बा क्षेत्रमा भत्काउने

सरकारसँग तर्सिएका व्यवसायी फकाउँदै रविले भने : डराउनु पर्दैन, दुःख दिन चाहँदैनौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निजी