थापा मेडिसिटी पुगेर लिङ्गदेनको स्वास्थ अवस्था बुझे | Khabarhub Khabarhub

थापा मेडिसिटी पुगेर लिङ्गदेनको स्वास्थ अवस्था बुझे


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अस्वस्थ भई मेडिसिटी अस्पतालमा उपचारार्थ राप्रपा नेता तथा सांसद राजेन्द्र लिङ्देनको स्वास्थ अबस्था बुझ्नको निमित्त अध्यक्ष कमल थापा मेडिसिटी अस्पताल पुगेका छन् ।

अस्पतालका डाक्टर दिप्तेश अर्याल र सिईयो पंकज बास्कोटाले अध्यक्ष थापालाई लिङ्देनको पछिल्लो स्वास्थ अबस्था बारे जानकारी गराएका थिए ।

अस्पतालले दिएको जानकारी अनुसार सांसद लिङ्ग्देनको स्वास्थ अबस्थामा उल्लेख्य सुधार भएको छ । पुन: कोभिड परीक्षणको निमित्त स्वाब लिईसकिएको छ । अस्पताल श्रोतका अनुसार अहिले अक्सिजन दिन परेको छैन।

अध्यक्ष थापा पार्टी कार्यक्रमको सिलसिलामा गृहजिल्ला मकवानपुर थिए।

आज काठमाडौं फर्किने क्रममा अध्यक्ष थापा मेडिसिटी अस्पताल पुग्नुभएको र पार्टी अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनी पनि अस्पताल पुगेर लिङ्देनको स्वास्थ अबस्था बुझ्न अस्पताल पुगेको राप्रपा सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  १२ : २२ बजे

वातावरणीय महत्वबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा संवाद आयोजना : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका हिमाल र पहाडका

‘के घर के डेराः घर नं २’को गीत सार्वजनिक (भिडियो)

काठमाडौं – चलचित्र ‘के घर के डेराः घर नं २’को

काठमाडौंबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो

काठमाडौं – पार्किङमा राखेको अवस्थामा काठमाडौँबाट माइक्रोबस चोरी भएको छ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

‘विपद् व्यवस्थापनमा तीनै तहको उत्तिकै दायित्व’

काठमाडौं – नेपालमा मनसुन भित्रिने सङ्घारमा रहेका बेला राष्ट्रिय विपद्