जो बाइडेन र कमला ह्यारिस टाइम म्यागजिनको ‘वर्ष व्यक्ति’ मा छनोट « Khabarhub

जो बाइडेन र कमला ह्यारिस टाइम म्यागजिनको ‘वर्ष व्यक्ति’ मा छनोट


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई ‘टाइम म्यागजिन’ ले सन् २०२० को वर्ष व्यक्तिमा छनोट गरेको छ।

गत ७ नोभेम्बरमा भएको निर्वाचनमा बाइडेनले डोनाल्ड ट्रम्पलाई पराजित गर्दै एक कार्यकालमात्रै राष्ट्रपति हुने व्यक्तिमा सीमित गरिदिएका थिए भने कमला ह्यारिस पहिलो महिला, पहिलो अश्वेत तथा पहिलो दक्षिण एशियाली मूलको उपराष्ट्रपति बन्न सफल भएकी छन्।

यस्तै, कोरोनाकालमा निकै प्रचलनमा रहेको भिडियो च्याट सेवा ‘जुम’ का प्रमुख कार्यकारी एरिक युआन ‘बिजनेस पर्सन अफ दि इयर’ भएका छन्। गार्जियन अफ दि एयरमा आस्सा ट्राओर, पोर्चे बेनेट बे र डा. एन्थोनी फौसी चयन भएका छन्।

टाइम पत्रिकाले सन् १९२७ देखि वर्षव्यक्ति छनोट गर्न सुरु गरेको थियो। सुरुमा यसलाई ‘म्यान अफ दि इयर’ भनिएकोमा पछि ‘पर्सन अफ दि इयर’ भन्न थालिएको थियो।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ३ : १२ बजे

चीनको अवरोधबीच ताइवानका राष्ट्रपति कसरी पुगे अफ्रिकाको इस्वाटिनी ?

ताइपेई- ताइवानका राष्ट्रपति विलियम लाई चिङ–तेले चिनियाँ अवरोध प्रयासबीच अफ्रिकी

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

कलैया– जिल्लामा यस वर्ष किसानले खेती गरेको गहुँ बाली मौसम

निजी क्षेत्रलाई बोलाएर रवि लामिछानेले दिए १० सन्देश

काठमाडौं- पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता

अग्लो डोजर नहुँदा रोकियो कपन गुम्बा क्षेत्रको अभियान

काठमाडौं– डोजरको उचाइ पर्याप्त नभएका कारण कपन गुम्बा क्षेत्रमा भत्काउने

सरकारसँग तर्सिएका व्यवसायी फकाउँदै रविले भने : डराउनु पर्दैन, दुःख दिन चाहँदैनौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निजी