काठमाडौं उपत्यकामा थपिए ५४१ कोरोना संक्रमित, ५ को मृत्यु  « Khabarhub

काठमाडौं उपत्यकामा थपिए ५४१ कोरोना संक्रमित, ५ को मृत्यु 


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५४१ कोरोना संक्रमित थपिएका छन् । जसमा  २३६ महिला र ३०५ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ४०२, ललितपुरमा १०५ र भक्तपुरमा ३४ जना कोरोना संक्रमित थपिएका हुन् । त्यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौंमा ३ र ललितपुमा २ जना गरी ५ कोरोना संक्रमितको मृत्यु भएको छ।

यस्तो छ मन्त्रालयको तथ्यांक

नयाँ संक्रमितसहित हालसम्म काठमाडौंमा मात्र कोरोना संक्रमितको संख्या ९२ हजार ३०७ पुगेको छ । जसमध्ये ४३५ जनाको मृत्यु भएको छ भने ८७ हजार ३१८ जना निको भएका छन्।

यसैगरी ललितपुरमा हालसम्म कोरोना संक्रमितको संख्या १४ हजार २४८ पुगेको छ । जसमा १३१ को मृत्यु भएको छ भने १३ हजार १७३ जना निको भएका छन्।

यस्तै भक्तपुरमा हालसम्म कोरोना संक्रमितको संख्या ८ हजार ३९५ पुगेको छ । जसमा ९७ जनाको मृत्यु भएको छ भने ७ हजार ९११ जना निको भएका छन्।

मन्त्रालयका अनुसार हाल काठमाडौमा ४ हजार ५५४, ललितपुरम ९४४ र भक्तपुरमा ३७८ जना  सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ४ : ३९ बजे

शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी शुक्रबारदेखि

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

न्यूयोर्क– इरानका विदेशमन्त्री अब्बास अराघ्ची संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन

हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही

गोरखा– भारी हिमपात र निरन्तर वर्षाका कारण हिमाल आरोहणका लागि

हनुमन्तेश्वर माविमा वैतेश्वरमा विद्यालय व्यवस्थापन समिति सदस्यका लागि निर्वाचन

दोलखा– दोलखाको बैतेश्वर गाउँपालिका–४ स्थित हनुमन्तेश्वर माध्यमिक विद्यालय नमुनाको विद्यालय

अमेरिकी टेलिभिजन च्यानलले ट्रम्पको प्रत्यक्ष प्रसारण रोके, ह्वाइट हाउसले ‘ट्रम्प टीभी’ सुरु गर्‍यो

वासिङ्टन (एएफपी)- अमेरिकाका ठूला टेलिभिजन च्यानलहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पका कार्यक्रमको