एआईजी पोखरेललाई दर्ज्यानी चिन्ह प्रदान « Khabarhub

एआईजी पोखरेललाई दर्ज्यानी चिन्ह प्रदान


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा भएका विश्वराज पोखरेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षक पोखरेललाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।

समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षक पोखरेललाई बधाई दिँदै पदोन्नतिपछि प्राप्त जिम्मेवारीलाई नयाँ उर्जाकासाथ निर्वाह गर्न निर्देशन दिए ।

संगठनको थप सुदृढीकरण र विकासका लागि आगामी दिनमा नयाँ कार्ययोजना बनाई आगडि बढ्नुपर्ने उनले बताए ।

प्रहरी अतिरिक्त महानिरीक्षक पोखरेलले नेपाल सरकार एवम् प्रहरी संगठनले विश्वास गरी आफूलाई पदोन्नति गरेको बताउँदै उक्त विश्वासलाई रतिभर पनि प्रश्न नआउने गरी प्राप्त जिम्मेवारी वहन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानको उपस्थिति रहेको थियो ।

बिहिवार साँझ बसेकाे मन्त्रिपरिषद् बैठकले पोखरेललाई एआईजीमा बढुवा गरेकाे थियो ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ७ : १८ बजे

रास्वपा र काठमाडौंका मेयर बालेनबीच सात बुँदे राजनीतिक सहमति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल पुस १३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १३ गते आइतबार तदनुसार

नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

काठमाडौं – उपसभामुख इन्दिरा रानाले आपसी सम्मान र समझदारीमा आधारित

सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने

बैतडी – बैतडीको मेलौलीसहित सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय