शिक्षक श्रेष्ठ हत्याका दोषीलाई कारवाहीको माग « Khabarhub

शिक्षक श्रेष्ठ हत्याका दोषीलाई कारवाहीको माग


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मानव अधिकार तथा शान्ति समाजले मोरङको मिक्लाजुङस्थित सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्नलाई कारबाहीको माग गरेको छ ।

समाजले विज्ञप्ति जारी गर्दै उक्त घटनाको निन्दा गर्दै जघन्य हत्याका दोषीलाई कानून सम्मत कारवाही गर्न सरकारसँग माग गरेको हो ।

हत्या हिंसाको राजनीति सदैव निन्दनीय हुने र सभ्य समाजलाई स्वीकार्य नहुने समाजले सम्बन्धित सबैलाई स्मरण गराएको महासचिव सुशील बस्नेतले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मङ्सिर २३ गते बिहान अपहरण पश्चात उनको हत्या भएको थियो । शिक्षक श्रेष्ठ हत्याको जिम्मा सरकारद्वारा प्रतिवन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ९ : ३२ बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको