संवैधानिक निकायमा सक्षम र योग्य व्यक्ति नियुक्त गर्न आह्वान « Khabarhub

संवैधानिक निकायमा सक्षम र योग्य व्यक्ति नियुक्त गर्न आह्वान


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वआयुक्त समाज–राष्ट्रिय मानव अधिकारले संवैधानिक निकायमा तत्काल सक्षम र योग्य व्यक्तिको नियुक्ति गर्न तथा सङ्क्रमणकालीन न्यायका बाँकी कार्याभार पूरा गर्न अग्रसर हुन आह्वान गरेको छ ।

समाजका अध्यक्ष एवम् पूर्वप्रधानन्यायाधीश केदारनाथ उपाध्यायले आज  प्रेस विज्ञप्ति जारी गर्दै संसद्को कार्यादेश बमोजिम सरकारले संविधानको प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रिय मानव अधिकार आयोगलगायतका अन्य आयोगमा पदाधिकारी नियुक्ति गर्न आह्वान गरेका हुन् ।

विस २०७४ मा सम्पन्न आम निर्वाचनपश्चात् गठित संसदबाट आफ्नो कार्यकाल पूरा गर्ने कार्यादेशसहित सरकार निर्माण भएपछि सो सरकारले संविधानको कार्यान्वयनलाई तीब्रता दिनेछ भन्ने विश्वास गरिएको भएपनि नेतृत्वबीच चुलिएको द्वन्द्वले संविधानको मूल्य र मर्ममाथि आघात पर्न थालेको उल्लेख छ ।

यसैबीच, यही मङ्सिर २३ गते मोरङ जिल्लाको ग्रामीण इलाकामा शिक्षण पेशा गर्दै आएका राजेन्द्र कुमार श्रेष्ठको घाँटी रेटी निर्ममतापूर्वक हत्या गरिएको घटनाले २० वर्ष अगाडि लमजुङ्गका शिक्षक मुक्तिनाथ अधिकारी तथा ओखलढुङ्गाका शिक्षक गुरु लुइँटेलको हत्याको पुनरावृत्ति भएको त हैन भन्ने दुखद् प्रश्न फेरि उठ्न थालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

राजनीतिक उद्देश्य हासिल गर्ने नाममा व्यक्ति हत्याका निन्दनीय अपराध दोहोरिन थालेकोमा समाजले भत्सना गर्दै शान्ति प्रक्रियाको अभिन्न अंगका रुपमा रहेको सङ्क्रमणकालीन न्यायको प्रभावकारी सम्बोधन गर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  १० : ०५ बजे

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र

बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३०

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र