मलेसियामा १ सय ५० नेपाली जेलमा « Khabarhub

मलेसियामा १ सय ५० नेपाली जेलमा


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- रोजगारीका लागि मलेसिया गएका १ सय ५० जना नेपाली विभिन्न मुद्धामा जेल जीवन बिताई रहेको पाइएको छ ।

क्वालालम्पुस्थित नेपाली दूतावासले गर्ने साप्ताहिक फेसबुक लाइभ कार्यक्रममा बोल्दै दूतावासका द्वितीय सचिव प्रेम पुन थापाले मलेसियामा विभिन्न करणले जेल जीवन बिताई रहेका नेपालीहरुको सङ्ख्या १ सय ५० रहेको जानकारी दिएका छन् ।

गत डिसेम्बर ४ तारिख मात्रै दूतावासले पहलमा मलेसियाको अध्यागमन विभाग संग समन्वय गर्दै विभिन्न करणले जेल जीवन बिताई रहेका ५० जना नेपालीलाई नेपाल पठाएको सचिव थापाले बताए ।

नेपालमा पनि धेरै बिदेशीहरु जेल पारेको प्रसंग उल्लेख गर्दै सचिव थापाले उनीहरुले पनि नेपालको कानूनले तोकेको सजाय भुक्तानी गरेर मात्र आफ्नो देश फर्किन सक्ने जनाए ।

धेरै नेपालीहरुले मलेसियाको कानून उलङ्घन गरेको र गैरकानूनी हैसियतमा बसेकाहरुले पनि जरिवाना तिर्नुपर्ने उनले बताए ।

मलेसिया पुगेपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बसाई, व्यवहारजन्य समस्यालगायतले नेपाली जेल पर्ने गरेका छन् ।

सोही लाइभ कार्यक्रममा बोल्दै दूतावासका श्रमसहचारी प्रकाश पन्थीले आफू बसेको मुलुकको कानून पालना गर्न नेपालीहरूलाई आग्रह गरे ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  १० : ०५ बजे

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले