प्रवेशद्वार विवादले चन्द्रगढी विमानस्थलको गुरूयोजना अलपत्र | Khabarhub Khabarhub

प्रवेशद्वार विवादले चन्द्रगढी विमानस्थलको गुरूयोजना अलपत्र


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- चन्द्रगढी विमानस्थलको पुनःनिर्माणसम्बन्धी गुरुयोजना प्रवेशद्वार विवादले अलपत्र परेको छ ।

भद्रपुर नगरपालिका वडा नं ८ मा रहेको चन्द्रगढी विमानस्थलको टर्मिनल भवनसँगै प्रवेशद्वार अहिले दक्षिणतिर छ ।

विमानस्थलको एक हजार ५०० मिटर लामो धावनमार्ग पूर्व–पश्चिम फैलिएको छ । पुनःनिर्माण गरी विमानस्थललाई अन्तरराष्ट्रिय मापदण्डको बनाउन नागरिक उड्डयन प्राधिकरणले अर्बको हाराहारीमा लगानी हुने गरी नयाँ गुरुयोजना हालै बनाएको छ । जसमा टर्मिनल भवन र प्रवेशद्वार धावनमार्गको उत्तरतिर डिजाइन गरिएको छ ।

विमानस्थलको विस्तार र विकासमा सबै पक्षको सहमति भए पनि प्रवेशद्वार उत्तरतिर सर्ने भएपछि धावनमार्ग दक्षिणका बासिन्दाले सङ्घर्ष समिति गठन गरेर ५० वर्षदेखि दक्षिणमा रहेको प्रवेशद्वार कायमै राखिनुपर्ने अडान राखेका छन् ।

विराटनगर र चन्द्रगढी विमानस्थलको गुरुयोजना एकसाथ तयार भएको थियो । विराटनगरमा गुरुयोजना कार्यान्यनको चरणमा प्रवेश गरिसक्दा चन्द्रगढीमा एक वर्षदेखि शुरु भएको विवादले निकास पाउन सकेको छैन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्थानीयवासीसँग हालै दुईपटक छलफल गरी समाधान खोजे पनि विवाद सुल्झिएको छैन ।

चन्द्रगढी विमानस्थलका प्रमुख मुरारी पौडेलले विवाद जति लम्बिन्छ, विकास त्यति नै पछाडि धकेलिने विषयमा भद्रपुरवासीलाई गम्भीर हुन आग्रह गरेका छन् ।

‘अन्तर्राष्ट्रिय विमानस्थलको नयाँस्वरुपमा लैजान ढिलो चाँडो गुरुयोजना लागू नगरी सुखै छैन”, विमानस्थलका प्रमुख पौडेलले भने, ‘राजनीतिक दल, जनप्रतिनिधि र सरोकारवाला स्थानीयवासीसँग बारम्बार छलफल चलाइरहेका छौँ, सहमति नहुँदा विकास अवरुद्ध भइरहेको छ ।’

स्थानीयवासी नै गुरुयोजनाप्रति असहमत हो भने विकास र विस्तार प्रक्रिया अघि नबढ्ने उनले बताए । गुरुयोजनामा विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण गर्ने, धावनमार्ग विस्तार गर्नेलगायतका योजना रहेको उनले जानकारी दिए ।

साविकको दक्षिणी भागमै विमानस्थलको टर्मिनल र प्रवेशद्वार रहनुपर्ने अडान राख्दै स्थानीयवासीले रुद्र चूँडालको अध्यक्षतामा सङ्घर्ष समिति नै गठन गरेका छन् ।

समितिका अध्यक्ष चूँडालले प्रवेशद्वार उत्तरतिर सार्ने हो भने भद्रपुर र दक्षिण झापावासी ओझेलमा पर्ने जिकिर गरे ।

प्रवेशद्वारकै कारण गुरुयोजना अलपत्र पर्ने भएपछि भद्रपुर नगरवासीकै अर्को समूहले हिरा पोखरेलको अध्यक्षतामा विमानस्थल पुनःनिर्माण सहयोग समिति गठन गरेर गुरुयोजनाबमोजिम नै निर्माण कार्य चाँडो शुरु गर्न दबाब दिइरहेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  १ : २५ बजे

‘प्रहरीले राज्यविहीनताको अवस्था आउन दिँदैन’

काठमाडौं- जेन–जी आन्दोलन पश्चात नागरिकहरुलाई राज्यविहीनताको भानले सताइरहेको छ ।

हल भिजिटमा पुगेका अनमोललाई प्रश्न : ‘जेरी अन टप’को पहिलो दिनको व्यापार करोड कट्छ ?

काठमाडौं – शुक्रबारबाट प्रदर्शनमा आएको नायक अनमोल केसी स्टारर फिल्म

एमाले बैठकस्थलमा युवाको नारा – ‘वी लभ यू केपी बा’

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठकस्थलमा अध्यक्ष केपी शर्मा ओलीका

एमालेको महाधिवेशन मंसिर २७ देखि पोखरामा, यस्ता छन् विभिन्न २२ प्रस्ताव

काठमाडौं– नेकपा एमालेले ११ औँ महाधिवेशन मंसिर २७ देखि २९