नौ महिनापछि भोटेकोशीको बन्जी जम्प सञ्चालनमा | Khabarhub Khabarhub

नौ महिनापछि भोटेकोशीको बन्जी जम्प सञ्चालनमा


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– कोरोना भाइरसका कारण चैतदेखि बन्द भएको सिन्धुपाल्चोकको भोटेकोशीको बन्जी जम्प नौ महिनापछि पुनः सञ्चालनमा आएको छ ।

स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई सञ्चालनमा ल्याइएको बन्जी जम्पमा हाल दैनिक चारदेखि १५ जनासम्मले बन्जी गर्ने दी लास्ट रिसोर्ट एडभेन्चर प्रालिका व्यवस्थापक कुमार राउतले बताए ।

०५६ देखि सञ्चालित १६० मिटरको उक्त बन्जी जम्प रोमाञ्चकका दृष्टिकोणले उत्कृष्ट मानिन्छ । देशमा बन्दाबन्दी लागू हुनुअघि स्वदेशी र विदेशीसहित दैनिक १०० जनासम्म आउने गरेकामा भर्खर मात्र सञ्चालनमा आएकाले क्रमशः पर्यटक आउने अपेक्षा गरिएको व्यवस्थापक राउतले स्पष्ट गरे ।

बन्जीका लागि युवायुवती बढी आकर्षित हुने र प्रहरी अधिकृत तालिममा सहभागीलाई पनि अनिवार्य रुपमा समावेश गरिएको बताइएको छ । बन्जीका लागि स्वदेशीलाई ६ हजार र विदेशीलाई नौ हजार २०० दस्तुर लिने गरिएको छ । बन्जीका साथै रोमाञ्चक सुइङ पनि सञ्चालनमा आएको छ ।

चीनसँगको प्रमुख व्यापारिक तातोपानी नाका निरन्तर रुपमा सञ्चालनमा आए तिब्बतको मानसरोवर जाने भारतीय तीर्थयात्री नाका हुँदै जाने भएकाले बाह्य र आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि हुने प्रचुर सम्भावना छ ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  १० : २७ बजे

गायिकाद्वय समीक्षा र एलिनाको अभियानमा प्रधानमन्त्री ओलीको साथ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा हुने गालीगलौज र

सभामुखले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने

काठमाडौं– सभामुख देवराज घिमिरेले मुख्य तीन दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै

प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन

विधायन व्यवस्थापन र शिक्षा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न दुईवटा समितिको बैठक बस्दैछ

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज