प्रदेश १ मा हालसम्म २ लाख बढीको पीसीआर परीक्षण « Khabarhub

प्रदेश १ मा हालसम्म २ लाख बढीको पीसीआर परीक्षण


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश नं १ मा हालसम्म २ लाख बढीको पीसीआर परीक्षण गरिएकोमा २८ हजार ८१२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार शनिबारसम्म १ लाख ३८ हजार ३५९ पुरुष र ६१ हजार ८१९ महिला गरी जम्मा २ लाख १७८ जनाको पीसीआर परीक्षण गरिएको  हो ।

सामाजिक विकास मन्त्रालय कोभिड–१९ निगरानी, तथ्याङ्क सङ्कलन तथा अनुगमन समितिका संयोजक डा रविन्द्र निरौलाले दिएको जानकारी अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सबैभन्दा बढी ६३ हजार ९२६ जनाको  पीसीआर परीक्षण गरिएको छ ।

त्यसैगरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा ४८ हजार ७४४, कोशी अस्पताल विराटनगरमा ४१ हजार ९००, नोबेल शिक्षण अस्पतालमा १८ हजार ७३०, मेची अस्पतालमा १० हजार ९५८, कनकाई पीसीआर प्रयोगशालामा ६ हजार ९८३, बिराट शिक्षण अस्पताल बुढीगङ्गा मोरङमा ४ हजार १४६, न्यूरो अस्पतालमा २हजार ८३२ र अन्य प्रयोगशालामा १ हजार ९५९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रदेशमा १ मा पछिल्लो २४ घण्टाको अवधिमा ५८ जना सङ्क्रमित थपिएका छन् । हालसम्म निको हुनेको सङ्ख्या २३ हजार ५८२ पुगेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ७ : २५ बजे

दोहोरो चपेटामा राधास्वामीका सुकुम्वासी : एकातिर बाढीको डर, अर्कोतिर सरकारको चेतावनी

काठमाडौं- कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासीहरूको जनजीवन वर्षाका

राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि उठेका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने

काठमाडौँ– सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक

तनावपूर्ण खेलमा भिड्दै इङ्गल्यान्ड र मेक्सिको : दुई पेनाल्टी, एउटा रातो कार्ड

काठमाडौँ – फिफा विश्वकपको नकआउट चरण (अन्तिम १६) को एक

विश्वकप फुटबल : पहिलो हाफमा मेक्सिको विरुद्ध इंग्ल्याण्डलाई २–१ को अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल अन्तर्गत अन्तिम १६ को खेलमा अहिले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– संघीय संसद्‌अन्तर्गत प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक