नेपाली सेनाका अधिकृत थापा बेलायतमा सम्मानित « Khabarhub

नेपाली सेनाका अधिकृत थापा बेलायतमा सम्मानित


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– नेपाली सेनाका एक अधिकृतलाई बेलायतमा अन्तरराष्ट्रिय सम्मान प्रदान गरिएको छ ।

नेपाली सेनामा सेकेण्ड लेफ्टिनेन्ट रहेका धादिङ त्रिपुरासुन्दरी गाउँपालिकाका २१ वर्षीय पिटर थापा बेलायतमा सम्मानित भएका हुन् ।

बेलायतको स्याण्डहष्टस्थित सैनिक महाविद्यालयले थापालाई यस वर्षको सर्वोत्कृष्ट घोषणा गरी अन्तरराष्ट्रिय ‘तरबार’ पुरस्कारस्वरुप प्रदान गरेको हो ।

उक्त सम्मान कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी तथा अन्य कर्मचारीको समेत सहभागि भएका थिए ।

विश्वका विभिन्न देशका सैनिक अधिकृतसम्मिलित तालिममा थापा पहिलो बनेका हुन् । सैनिक महाविद्यालयमा अधिकृत क्याडेट तालिमबाट सर्वोत्कृष्ट भएपछि उनलाई सेकेण्ड लेफ्टिनेन्टमा पदोन्नति गरी नेपाली सेनाले तालिमका लागि बेलायत पठाएको थियो ।

थापा दुई वर्षअघि मात्र नेपाली सेनामा प्रवेश गरेका हुन् ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ८ : ०० बजे

गाउँपालिकास्तरीय लोकनृत्य प्रतियोगितामा किस्पाङ बहुप्राविधिक शिक्षालय प्रथम

नुवाकोट – नुवाकोटको किस्पाङ गाउँपालिकाको वार्षिक कार्यक्रमअन्र्गत आयोजित लोकनृत्य प्रतियोगितामा

दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं । विशेष अदालतले दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका

पाकिस्तानले ३० इरानी नागरिकको स्वदेश फिर्तीमा सहजीकरण गर्ने

इस्लामाबाद – पाकिस्तानले इरान, संयुक्त राज्य अमेरिका र बेलायतका अधिकारीसँगको

विदेशमा पिआर लिएर बसेका कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाहीको सिफारिस

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

आजका समाचार : अवरोधबीच सदनमा मन्त्रीहरुको जवाफ, विश्वकपमा मेसीको ह्याट्रिक र लेबनानमा इजरायली आक्रमण जारी

मन्त्रीले आफ्ना प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदले