ला लिगामा रियल मड्रिडको जित « Khabarhub

ला लिगामा रियल मड्रिडको जित


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनिस ला लिगामा रियल मड्रिडले एट्लेटिको मड्रिडलाई पराजित गरेको छ ।

शनिबार राति रियलले घरेलु मैदानमा एट्लेटिको मड्रिडलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

साविक विजेता रियलले जारी सिजन अपराजित रहेको एट्लेटिकोको अपराजित यात्रामा पनि पूर्णविराम लगाइदिएको छ ।

शीर्ष स्थानको एट्लेटिकोलाई पराजित गर्दै रियलले अंक दूरी ३ अंकमा झारेको छ ।

खेलको १५औँ मिनेटमा क्यासमिरोले हेडमार्फत गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । टोनी क्रुसको पासलाई सदुपयोग गर्दै ब्राजिली स्टारले गोल गरेका थिए ।

ड्यानी कार्भाजलले दोस्रो हाफमा प्रहार गरेको बल गोलकिपर जान ओबलाकसंग ठोक्किदै पोस्टभित्र छिरेपछि रियल २–० ले खेलमा अघि बढेको थियो ।

जितसंगै रियल तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । एट्लेटिको दोस्रो स्थानको रियल सोसिडाड भन्दा मात्र एक अंकले अघि छ ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ७ : १५ बजे

नीति तथा कार्यक्रम तर्जुमा गर्दै त्रिभुवन विश्वविद्यालय

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत विश्वविद्यालयका सेवा प्रवाहलाई थप प्रभावकारी,

पेरिसमा दिनेश अधिकारीको ‘एकल काव्य साँझ’

काठमाडौँ– फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराईले फ्रान्समा नेपाली भाषा

ग्वार्को फ्लाईओभरको पर्खालमा ठोक्कियो बस, एक जनाको मृत्यु, १० घाइते

काठमाडौँ – ललितपुरको ग्वार्कोमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक

ओमानको मस्कटमा नेपाल–ओमान व्यापार तथा लगानी प्रवर्द्धन कार्यक्रम

ओमान- ओमानको मस्कटस्थित नेपाली राजदूतावासले नेपाल–ओमानबीच व्यापार तथा लगानी प्रवर्द्धन

सुनको मूल्य तोलाको तीनलाख नजिक, एकै दिन ८ हजार रुपैयाँले वृद्धि

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ ।