ला लिगामा रियल मड्रिडको जित | Khabarhub Khabarhub

ला लिगामा रियल मड्रिडको जित


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनिस ला लिगामा रियल मड्रिडले एट्लेटिको मड्रिडलाई पराजित गरेको छ ।

शनिबार राति रियलले घरेलु मैदानमा एट्लेटिको मड्रिडलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

साविक विजेता रियलले जारी सिजन अपराजित रहेको एट्लेटिकोको अपराजित यात्रामा पनि पूर्णविराम लगाइदिएको छ ।

शीर्ष स्थानको एट्लेटिकोलाई पराजित गर्दै रियलले अंक दूरी ३ अंकमा झारेको छ ।

खेलको १५औँ मिनेटमा क्यासमिरोले हेडमार्फत गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । टोनी क्रुसको पासलाई सदुपयोग गर्दै ब्राजिली स्टारले गोल गरेका थिए ।

ड्यानी कार्भाजलले दोस्रो हाफमा प्रहार गरेको बल गोलकिपर जान ओबलाकसंग ठोक्किदै पोस्टभित्र छिरेपछि रियल २–० ले खेलमा अघि बढेको थियो ।

जितसंगै रियल तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । एट्लेटिको दोस्रो स्थानको रियल सोसिडाड भन्दा मात्र एक अंकले अघि छ ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ७ : १५ बजे

अमेरिकाको मोर्मोन चर्चमा सशस्त्र आक्रमण, चार भक्तजनको मृत्यु

एजेन्सी–  मिचिगनस्थित मोर्मोन चर्चमा आइतबार भएको सशस्त्र आक्रमणमा कम्तीमा चार

टुँडिखेलमा फूलपाती बढाइँ

काठमाडौं– नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

खार्पुनाथमा आमा र शिशुलाई पोषण सामग्री सहयोग

सिमकोट– यहाँको खार्पुनाथ गाउँपालिकाले आफ्ना वडामा रहेका सुनौलो हजार दिनका

नेपाली पौडीबाज अथर्वको दुई राष्ट्रिय कीर्तिमान

काठमाडौं– नेपाली पौडीबाज अथर्व सिंहले ११ औँ एसियाली एक्वेटिक्स च्याम्पियनसिपमा

चर्खेपिङ संरक्षण गर्दै गाउँले

गलकोट– चर्खेपिङ लोप हुँदै गएपछि यहाँको बागलुङ नगरपालिका–९ सिगानाका स्थानीयले