विश्वकप छनोटका लागि क्याम्प सुरु, घरेलु मैदानमा राम्रो गर्ने लक्ष्य « Khabarhub

विश्वकप छनोटका लागि क्याम्प सुरु, घरेलु मैदानमा राम्रो गर्ने लक्ष्य



काठमाडौँ– कतारमा हुने फिफा विश्वकप २०२२ छनोट तथा चीनमा हुने एएफसी एसियन कप २०२३ छनोटका लागि नेपाली फुटबल टोलीको बन्द प्रशिक्षण सुरु भएको छ ।

सातदोबाटोस्थित एन्फा मैदानमा पहिलो दिनको पहिलो सिफ्ट आइतबार बिहान ९ बजे सुरु भएको हो ।

सय दिनभन्दा लामो समयसम्म अभ्यास गर्ने गरी एन्फाले नेपाली टोलीको अभ्यास सुरु गरेको हो । चैतमा हुने विश्वकप छनोट अन्तर्गत घरेलु मैदानमा हुने खेलका लागि मुख्य प्रशिक्षक बालगोपाल महर्जनले ५८ जनालाई अभ्यासमा बोलाएका छन् ।

तीमध्ये केही खेलाडी सम्पर्कमा आउन बाँकी रहेको र अधिकाशं खेलाडीले क्याम्पमा सहभागि भइसकेका छन् । नेपालले चैत १२ गते चाइनिज ताइपेइ र ३० गते अस्ट्रेलियासँग ३० गते काठमाडौँस्थित दशरथ रंगशालामा हुनेछ । गएको शुक्रबार मात्रै एएफसीले खेल तालिका सार्वजनिक गरेसँगै नेपाली टोली अभ्यासमा जुटेको हो ।

यसअघि विश्वकप छनोटका ५ खेल खेलेको नेपालले आफ्नो पक्षमा नतिजा हात पार्न सकेको छैन । जसमध्ये एक खेलमा जित हात पार्दै ३ अंक जोडेको छ ।

मुख्य प्रशिक्षक महर्जनले ५८ खेलाडी बोलाउँदा संख्यात्मक हिसाबले धेरै भएको संकेत गर्दै राम्रो टिम बनाउन धेरै खेलाडी बोलाइएको प्रष्ट पारेका छन् । उनले भने, ‘अहिले क्याम्पमा ५८ जना किन भन्नु होला कोरोना महामारीले गर्दा सिर्जना गरेको समस्या जुन बंगलादेशसँगको खेलमा देखियो खेलाडी अभाव त्यस्तो नहोस् भनेर भन्ने उदेश्यले धेरै खेलाडी बोलाइएको हो । पहिलो, दोस्रो, तेस्रो र फाइनल फेज गरी चरणबद्ध रुपमा खेलाडी छनोट गर्ने योजना छ ।’

No description available.

राम्रो नतिजाको अपेक्षा

नेपाली फुटबल टोलीले दशरथ रंगशालामा नखेलेको पनि ५ बर्षभन्दा बढी भइसकेको छ । अन्तिम पटक नेपालले दशरथ रंगशालामा सन् २०१८ विश्वकप छनोट अन्तर्गतको भारतसँग २०१५ मा खेलेको थियो ।

त्यसयता अब चाइनिज ताइपेइसँगको घरेलु खेल भए त्यो नै रंगशाला पुनर्निर्माण पछिको पहिलो खेल हुनेछ । नेपाली समर्थकको साथ, घरेलु मैदान र यहाँको मौसमले नेपाली टोलीका लागि सकारात्क प्रभाव पार्नेछ । लामो समयको कोरोना भाइरसको महामारीपछि धेरै खेलाडीहरु पहिलो पटक अभ्यासमा जुटेका छन् ।

यसअघि कार्तिक महिनामा नेपाली टोलीले बंगलादेशसँग दुई मैत्रिपूर्ण फुटबल खेल खेलेको छ । जसमा एक खेल बराबरी खेल्दा एक खेलमा हार व्यहोरेको छ । कोरोना भाइरसका कारण खेलाडीहरु झण्डै ८ महिना खेलकुद गतिविधि विहीन भएर घरमा बसेका थिए । तर, बंगलादेशसँग खेल्दा नेपाली टोलीका खेलाडीहरुमा फिटनेसको समस्या देखिएको थियो । तर, अहिले त्यो समस्या र यसअघिका कमिकमजोरी कमगर्ने उद्देश्य रहेको महर्जनले बताए ।

‘घरेलु दर्शकसामु लामो समयपछि हामी खेल्नेछौं । त्यसका लागि तयारीको समय सय दिनभन्दा बढी छ । त्यसै अनुसार अभ्यास गर्ने छौं,’ महर्जनले भने ।

मैत्रिपूर्ण फुटबलका लागि एन्फासँग आग्रह

विश्वकप छनोटसम्मका लागि कार्यबाहक प्रशिक्षकको जिम्मा पाएका महर्जनले एन्फासँग मैत्रिपूर्ण खेलको प्रस्ताव गरेको बताएका छन् ।

उनले नेपालले घरेलु मैदानमा खेल्ने भएकाले काठमाडौँमै केही टोलीलाई बोलाइ मैत्रिपूर्ण फुटबल खेल्दा राम्रो हुने भन्दै एन्फालाई त्यसको व्यवस्थापनका लागि आग्रह गरेको बताएका छन् ।

‘मैले मैत्रिपूर्ण खेलका लागि निवेदन गरेको छु । त्यसका लागि सबैको साथको अपेक्षा गरेको छु,’ प्रशिक्षक महर्जनले भने ।

No description available.

चुनौति बढी

राष्ट्रिय टोलीले अभ्यास सुरु गरिरहँदा ५८ जना खेलाडीमध्ये ११ जना खेलाडी छान्न अहिले निकै समस्या पर्ने फुटबल जानकारहरु बताउँछन् । मुख्य प्रशिक्षकका लागि दुई वर्षको सम्झौतासहित नेपाल आएका स्वीडिस नागरिक योहान कालिनले पदबाट राजीनामा दिएका छन् । उनै कालिनको जिम्मेवारी अहिले महर्जनको काँधमा आएको छ ।

महर्जनले बंगलादेशसँगका दुई मैत्रिपूर्ण खेलमा मुख्य प्रशिक्षक भएर काम गरे । जसमा कालिनको पनि साथ थियो । त्यसमा नेपालले राम्रो गर्न सकेन । बंगलादेशसँग सँधै हावी हुँदै आएको नेपालले मिश्रित नतिजा निकाल्यो ।

अब महर्जन आफैँले खेलाडी कल गरेका छन् । उनले गएको वर्षको शहीद स्मारक ए डिभिजन लिगमा खेलाडीको प्रदर्शनलाई आधार मान्दै बन्द प्रशिक्षणमा बोलाएको बताएका छन् । तर, लिग सकिएको १० महिनापछि पुरानो खेलको मुल्याङ्कनका आधारमा बोलाइएका खेलाडीले राम्रो गर्न सक्लान् भन्ने प्रश्न महर्जनका लागि चुनौति छ ।

त्यसो त, नेपाली फुटबलमा उमेर समुहमा उनै महर्जनले प्रशिक्षण दिएका धेरै खेलाडी अहिले राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा छन् । त्यसले पनि उनलाई केही सहज हुने देखिन्छ । उमेर समूहमा महर्जन पनि सफल प्रशिक्षकका रुपमा चिनिन्छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  १ : १० बजे

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

दाङ– घोराही उपमहानगरपालिका–१६ स्थित सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई

पौवादुङमाका ४७५ आँखा रोगीले गाउँघरमै पाए सेवा

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन गरिएको आँखा शिविरबाट ४७५ जनाले

२५ वर्षमा २६ लाख पर्यटकले घुमे अन्नपूर्ण क्षेत्र

गण्डकी– पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा पछिल्ला २५

राप्ती तटीय क्षेत्रका स्थानीयबाट डुवान–कटान समस्या सुल्झाउन आग्रह

बाँके– बाँकेको राप्ती तटीय क्षेत्रका स्थानीयले बस्ती डुबान र कटानको

वीरगञ्ज भन्सारको राजस्व : पेट्रोलियम पदार्थ र सवारी आयातमा निर्भर

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयको राजस्वको हिस्सा पेट्रोलियम पदार्थको आयात र