म्युजिक भिडियोको भरमा कलाकार « Khabarhub

म्युजिक भिडियोको भरमा कलाकार


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीपछि सिर्जना भएको अवस्थाले कैयन् कलाकारको जीवनमा प्रभाव पारेको छ । लामो समयदेखि कामविहीन हुँदा कलाकारको दैनिक जीवनमा समेत प्रभाव परेको छ ।

लकडाउन खुकुलो भएसँगै कलाकारहरु एकपछि अर्को म्युजिक भिडियोमा देखा पर्न थाले । पल शाह, पुष्प खड्का, आँचल शर्मा, वर्षा शिवाकोटी, नाजिर हुसेन, आकाश खड्का लगायत कलाकार म्युजिक भिडियोमा छाए ।

त्यसो त राजेश हमालले अभिनय गरेका म्युजिक भिडियो पनि रिलिज भए । चर्चित कलाकारलाई म्युजिक भिडियोमा लिँदा म्युजिक भिडियोको समेत हाइप बढ्ने भएपछि म्युजिक भिडियो निर्माताले पनि कलाकारलाई लिन कुनै अप्ठेरो भएन ।

पछिल्लो समय कलाकार तथा मोडल पल शाहले अभिनय गरेका म्युजिक भिडियो सबैभन्दा बढी रिलिज गरिएका छन् । म्युजिक भिडियोमा महंगो पारिश्रमिक लिने कलाकार पनि उनै हुन् ।

योसँगै नाजिर हुसेन, आकाश श्रेष्ठ, पुष्प खड्का लगायत पनि म्युजिक भिडियोमा जमेका छन् । यस्तै वर्षा शिवाकोटी, आँचल शर्मा, केकी अधिकारी लगायतका चर्चित कलाकारहरु पनि म्युजिक भिडियोमा देखिएका छन् ।

त्यसो त पछिल्लो समय फिल्म निर्माणको घोषणा पनि हुन थालेको छ । केही फिल्मको धमाधम छायांकन भइरहेको छ । यता कोरोना भाइरसका कारण ठप्प भएको फिल्म क्षेत्र चलायमान हुन अझै केही समय लाग्ने देखिन्छ ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  १२ : ५६ बजे

आगामी बजेट निजी क्षेत्रमैत्री र उत्पादनमुखी बनाउन आग्रह

काठमाडौं–  नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८३-८४ को

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं– सिराहाको गोलबजार नगरपालिका-६ स्थित सडकमा ना.१ क ९२२८ नम्बरको टिपरको ठक्करबाट

मेलम्ची खानेपानी आयोजनालाई दिगो र सुरक्षित बनाउँछौँ : खानेपानीमन्त्री मेहता

काठमाडौं– खानेपानीमन्त्री निशा मेहताले मेलम्ची खानेपानी आयोजनालाई दिगो र सुरक्षित

पालिकाबाटै स्थायी लेखा नम्बर वितरण

गलकोट– आन्तरिक राजस्व कार्यालय बागलुङले स्थानीय तहबाटै स्थायी लेखा नम्बर

प्रधानमन्त्री कप एनभीए भलिबल लिगमा महिलातर्फको फाइनलमा

काठमाडौं– न्यु डायमण्ड युथ स्पोर्टस क्लब प्रधानमन्त्री कप एनभीए महिला