काठमाडौं उपत्यकामा थपिए ३४८ संक्रमित, ३ को मृत्यु  « Khabarhub

काठमाडौं उपत्यकामा थपिए ३४८ संक्रमित, ३ को मृत्यु 


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५० महिला र १९८ पुरुष गरी ३४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आइतबारको नियमित लाइभ अपडेटमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा २५८, ललितपुरमा ६५ र भक्तपुरमा २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

पछिल्लो  २४ घण्टाको अवधिमा काठमाडौंमा २ र ललितपुमा १ जना गरी ३ जना कोरोना संक्रमितको मृत्यु भएको उनले बताए ।

नयाँ थपिएका संक्रमितसँगै काठमाडौँ उपत्यकामा मात्र हालसम्म कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ७८० पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तो छ मन्त्रालयको तथ्यांक

 

मन्त्रालयका अनुसार हालसम्म काठमाडौंमा मात्र कोरोना संक्रमितको संख्या ९२ हजार ९४६ पुगेको छ । जसमा ४४३ जनाको मृत्यु भएको छ भने ८८ हजार २५८ जना निको भएका छन्। काठमाडौँमा हाल सक्रिय संक्रमितको संख्या ४ हजार २४५ रहेको छ ।

यसैगरी ललितपुरमा संक्रमितको संख्या १४ हजार ३८२ पुगेको छ । जसमा १३३ जना संक्रमितको मृत्यु भएको छ भने १३ हजार ३९२ जना निको भएका छन्। हाल ललितपुरमा  सक्रिय संक्रमितको संख्या ८५७ रहेको छ ।

यस्तै भक्तपुरमा हालसम्म कोरोना संक्रमितको संख्या ८ हजार ४५२ पुगेको छ । जसमा ९७ को मृत्यु भएको छ भने  ८ हजार ५ जना निको भएका छन्। भक्तपुरमा हाल सक्रिय संक्रमितको संख्या ३५० रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ४ : ४८ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६