१७ कर्मचारीलाई कोरोना भएपछि अछाम जिल्ला अस्पताल सिल « Khabarhub

१७ कर्मचारीलाई कोरोना भएपछि अछाम जिल्ला अस्पताल सिल


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम– सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामस्थित जिल्ला अस्पताल सिल गरिएको छ ।

अस्पतालमा कार्यरत १७ जना कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि अनिश्चितकालका लागि अस्पताल सिल गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।

निर्देशनालयका अनुसार जिल्ला अस्पतालमा आकस्मिक सेवाबाहेक अन्य सबै सेवा बन्द गरिएको छ । अस्पताल सिल गरिएपछि त्यहाँका नागरिकलाई उपचार सेवा लिनका लागि समस्या भएको स्थानीयवासी तथा सञ्चारकर्मी विष्णु भण्डारीले जानकारी दिए ।

“अस्पतलमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आकस्मिकबाहेकका सबै सेवा बन्द गरेका छौँ”, अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा मनोज विष्टले भने, “कोरोना अरू व्यक्तिमा नसरोस् भनेर सिल गरिएको हो, निको भएलगतै सबै सेवा सुचारु गर्नेछौँ ।”

उनका अनुसार सङ्क्रमित भएका सबै कर्मचारी होम आइसोलेसनमा छन् । अस्पताल सिल गरिएपछि त्यहाँका आकस्मिकबाहेकका अन्य बिरामी उपचारका लागि जिल्ला अस्पताल डोटी तथा कैलालीतर्फ जान थालेका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  १० : ०८ बजे

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी

इजरायलले इरानमा नौसैनिक नाकाबन्दीमा अमेरिकालाई सहयोग गर्छ : नेतन्याहु

जेरुसलेम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको

प्रविधिको प्रयोग गरी क्षयरोगीको खोजी

पाल्पा – पाल्पामा आधुनिक प्रविधिको प्रयोग गरी क्षयरोगी पहिचान सुरु