गौतम बुद्ध कप क्रिकेट : वाग्मतीलाई हराउँदै राप्ती फाइनलमा प्रवेश | Khabarhub Khabarhub

गौतम बुद्ध कप क्रिकेट : वाग्मतीलाई हराउँदै राप्ती फाइनलमा प्रवेश


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– गौतम बुद्ध कप क्रिकेट प्रतियोगितामा वाग्मतीलाई हराउँदै राप्ती फाइनलमा प्रवेश गरेको छ ।

चितवनको रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना मैदानमा आज भएको खेलमा राप्तीले वाग्मतीलाई ११ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

एक सय ३० रनको लक्ष्य पछ्याएको वाग्मतीले १९.४ ओभरमा ११८ रनमै सबै विकेट गुमायो ।

वाग्मतीका सोमपाल कामीले सर्वाधिक ३५ रन बनाए । यस्तै अनिल शाहले २२ रन, रोहित पौडेल र ज्ञानेन्द्र मल्लले समान १३/१३ रन बनाउँदा सुनिल धमलाले ११ रन मात्र बनाउन सफल भए ।

राप्तीका कमलसिंह ऐरी, अविनास बोहरा र वसन्त कार्कीले समान दुई÷दुई विकेट लिए । राप्तीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२९ रन बनाएको थियो ।

राप्तीको लागि अमित श्रेष्ठले सर्वाधिक २६, शरद भेसावकर र विनोद भण्डारीले समान २१, कमल ऐरीले १६ तथा लोकेश बमले १५ रन बनाए । कुशल भुर्तेलले तीन, हरि चौहानले पाँच रन मात्रै बनाउन सफल भए ।

जितसँगै राप्ती एक खेलअघि नै फाइनलमा प्रवेश गरेको छ । पराजित भएपछि वाग्मती भने प्रतियोगिताबाटै बाहिरिएको छ ।

यसअघि हिजो भएको खेलमा वाग्मती टिमलाई नारायणीले सुपर ओभरमा पराजित गरेको थियो ।

अब राप्तीले फाइनलमा मङ्गलबार नारायणी टिमसँग भिड्नेछ ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ११ : ४१ बजे

महागुरु फाल्गुनन्दको १४१ औँ जयन्ती मनाइँदै

काठमाडौं – किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज विविध

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल कात्तिक २५ गते मंगलबार। मंसिर

आज २०८२ साल कात्तिक २५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २५ गते मंगलबार। मंसिर

आँधीपछि समुद्रमा ४० घण्टा विताएका तीन भियतनामी नागरिकको सकुशल उद्धार

हनोई – भियतनामको समुद्री तटबाट काल्मेगी आँधीपछि आएको बाढीले बगाएका