युरोपेली संघ र बिटेनबीच ब्यापार सम्झौताबारे भएन सहमति, वार्ता जारी रहने | Khabarhub Khabarhub

युरोपेली संघ र बिटेनबीच ब्यापार सम्झौताबारे भएन सहमति, वार्ता जारी रहने


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- युरोपेली संघ र ब्रिटेनले ब्रेक्जिटपछिको व्यापार सम्झौताबारे सहमति नजुटेपछि वार्ता जारी राख्ने भएका छन् ।

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन र युरोपेली संघकी अध्यक्ष उर्जुला फोन डेर लायनले व्यापार सम्झौता कस्ता रहने भन्ने निर्क्यौल नभइन्जेल सहमतिको प्रयास गरिरहने जनाएका छन् ।

जोनसोन र लायनबीच सुल्झिन बाँकी केही मुद्दाबारे छलफल  भएको बताएका छन् । ब्रिटेन र युरोपेली संघबीच ब्रेक्जिटपछिको व्यापार सम्झौतालाई लिएर गत मार्च महिनादेखि वार्ता भइरहेको छ । सङ्क्रमणकालीन समय आउँदो डिसेम्बरको अन्त्यमा सकिनेछ।

३१ डिसेम्बरसम्म सम्झौता हुन नसके दुवैले विश्व व्यापार संगठनका नियमहरू मान्नुपर्नेछ। व्यापार सम्झौता बिना नै व्यापार हुँदा आयात र निर्यात दुवै मुलुकका सामानमाथि शुल्क लाग्नेछ।

बेलायतले गत जनवरीमा युरोपेली संघ छोडेको थियो । बेलायतले युरोपेली संघ छाडे पनि ब्यापार व्यवसाय गर्दा हुने आयात निर्यातबारे निधो गर्न ११ महिनाको सङ्क्रमणकालीन समय दिइएको थियो।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ९ : ०५ बजे

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा (एमाले),

मुस्ताङको छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’

मुस्ताङ – मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–२ छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’ निर्माण

दुई मन्त्रीद्वारा खानेपानी अभाव भएका क्षेत्रको अनुगमन

पर्सा – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र