‘तलब कटौतीमा सहमत नभए मेस्सीले क्लब छाड्न सक्छन्’ « Khabarhub

‘तलब कटौतीमा सहमत नभए मेस्सीले क्लब छाड्न सक्छन्’


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बार्सिलोनाका अध्यक्षका उम्मेद्वार इमिली रोउसावदले तलब कटौतीमा कप्तान लियोनल मेस्सी सहमत नभए उनले क्लब छाड्न सक्ने अभिव्यक्ती दिएका छन् ।

नोबेल कोरोना भाइरस (कोभिड- १९) को महामारीपछि क्लबलाई आर्थिक रुपमा सवल बनाउन बार्सिलोनाले खेलाडीको तलब घटाउने योजना बनाइरहेको छ ।

तर, अहिलेसम्म मेस्सीले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । रोउसावदले एआरएसँगको अन्तरवार्तामा क्लबको प्रस्तावमा सहमती नजनाए मेस्सी जनवरीदेखि नै खुल्ला ट्रान्सफरमा जान सक्ने संकेत गरेका छन् ।

‘हामी मेस्सीसँग बसेर खेलाडीको तलब कटौतीबारे सोध्छौं,’ उनले भने, ‘अहिलेको अवस्थामा जे उनीहरुसँग छ त्यो स्थिर छैन ।’

मेस्सीको बार्सिलोनासँगको सम्झौता सन् २०२१ को अन्तिमसम्म बाँकी  छ । ‘हामी उनीसँग त्यागका लागि प्रस्ताव गर्छौं । यदि त्यहाँ कुनै सहमती हुन सक्दैन भने मेस्सी क्लब छाड्न सक्छन्,’ रोउसावदले भने ।

बार्सिलोनका उपाध्यक्ष रहिसकेका उनले क्लबले आफ्ना लिजेन्डको सम्मान गर्ने बताउँदै अगाडि थपे, ‘मेस्सीले क्लब इतिहासमै सबैभन्दा राम्रो पेज लेखे, हामी हाम्रा लिजेन्डको सम्मान गछौं तर, यथार्थ यही हो ।’

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ९ : ५० बजे

देउवा समूह छाडेका धनराज भन्छन् : कांग्रेसलाई एक बनाउन गगनलाई सभापति मान्नुको विकल्प छैन

काठमाडौं- नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद सर्वोच्च अदालतको अन्तिम निर्णयसँगै नयाँ

गगनलाई सभापति स्वीकार्दै शेखर, शशांक र धनराजसहितले छोडे देउवा समूह

काठमाडौं- नेपाली कांग्रेसको आधिकारिकताबारे सर्वोच्च अदालतबाट अन्तिम फैसला आएसँगै तत्कालीन

हुम्ला र कालीकोटबाट दुई सुत्केरीको हवाई उद्धार

हुम्ला– हुम्ला र कालीकोटबाट दुई जना सुत्केरीको हवाई उद्धार गरी

आइतबार पनि काठमाडौंका चोकमा सवारी चाप (तस्बिरहरू) 

काठमाडौं – इन्धन खपत घटाउने उद्देश्यले सरकारले शनिबारसँगै आइतबार पनि

वीरगञ्जमा अतिक्रमित संरचना भत्काउन सुरु

वीरगन्ज– सडक डिभिजन कार्यालय हेटौँडाले आज बिहानैदेखि वीरगञ्जमा मुख्य सडक