नौ महिनापछि नेपाली फुटबल टोली बन्द प्रशिक्षणमा « Khabarhub

नौ महिनापछि नेपाली फुटबल टोली बन्द प्रशिक्षणमा


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली फुटबल टोलीले नौ महिनापछि बन्द प्रशिक्षण थालेको छ । विश्वकप फुटबल छनोट खेलको तयारीका लागि टोली बन्द प्रशिक्षणमा उत्रेको हो । कोरोना भाइरसको महामारीका कारण प्रशिक्षणमा ढिलाइ भएको हो ।

आगामी चैतमा तीन देशको टोलीसित तीन खेलको तालिका सार्वजनिक भएपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।

एन्फा प्रवक्ता किरण राईका अनुसार कोरोनाबाट केही खेलाडी सङ्क्रमित भएपछि थप खेलाडीदाई बन्द प्रशिक्षणमा सहभागी गराइएको जानकारी दिए । बन्द प्रशिक्षणमा सहभागी खेलाडीलाई चार चरणमा छनोट गरी अन्तिम टोलीको टुङ्गो लगाइने प्रवक्ता राईले बताए ।

सन् २०२२ मा हुने फिफा विश्वकप तथा सन् २०२३ मा आयोजना हुने एएफसी एशियन कपको छनोटका लागि एन्फाले खेलाडीलाई बन्द प्रशिक्षण थालेको हो ।

विश्वकपको एशियन छनोटमा नेपालले आफ्नै भूमिमा चैत १२ गते चाइनिज ताइपेइसित, चैत १७ गते अस्ट्रेलियासित तथा जेठ २४ गते जोर्डनसित छनोट खेल खेल्ने एन्फाले जनाएको छ ।

खेलाडीलाई कार्यवाहक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षण दिइरहेका छन् ।

समूह ‘बी’ मा नेपालसहित अस्ट्रेलिया, कुवेत, जोर्डन र चाइनिज ताइपेइ छन् । अस्ट्रेलिया १२ अङ्कसहित शीर्ष स्थानमा छ भने कुवेत र जोर्डन समान १० अङ्कसहित दोस्रो र तेस्रो स्थानमा तथा नेपाल तीन अङ्कसहित चौथो स्थानमा छ । चाइनिज ताइपेइ अङ्कविहीन अवस्थामा रहँदै समूहको पुछारमा छ ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  २ : ११ बजे

वालेन्द्र शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका वालेन्द्र शाह सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ

एउटा प्रश्न : ‘यो देशका प्रधानमन्त्री वालेन्द्र हुन् कि रवि लामिछाने ?’

काठमाडौं- सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि देशको

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौं– विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए । विद्यालय

उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

एजेन्सी– दक्षिण–पश्चिम फ्रान्समा पेरिस सहरको क्षेत्रफलभन्दा चार गुणा ठूलो भू-भागमा

गौरीशंकरको टासिनाममा फल्यो स्याउ, पहिलो उत्पादनमै रोग-कीराको जोखिम !

दोलखा– जिल्लाको उत्तरी हिमाली क्षेत्र गौरीशंकर गाउँपालिका–९ टासिनाममा पहिलोपटक स्याउ