भाषाविद् एवं नेपाली शब्दकोषकार नेपालको निधन | Khabarhub Khabarhub

भाषाविद् एवं नेपाली शब्दकोषकार नेपालको निधन


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भाषविद्, साहित्यकार तथा शब्दकोशकार वसन्तकुमार शर्मा ’नेपाल’को निधन भएको छ ।

नेपालको शनिवार दिउँसो चावहिलस्थित आफ्नै निवासमा निधन भएको हो । ९१ वर्षीय नेपाल केही समयदेखि अस्वस्थ थिए। उनको छातीमा सङ्क्रमण भएको थियो ।

उनका ’नेपाली शब्दसागर’ शब्दकोश तथा अन्य दर्जनौँ साहित्यिक कृति प्रकाशित छन् । नेपाली शब्दसागरमा एक लाख २५ हजार मूलशब्द प्रविष्ट छन् ।

संस्कृत साहित्यमा स्नातक र नेपालीमा स्नातकोत्तर गरेका नेपालले नेपाल भाषा प्रकाशिनी समिति र भाषानुवाद परिषद् पनि काम गरेका थिए ।

विभिन्न संस्कृत कृतिहरु नेपालीसमेत अनुवाद गरेका नेपालको पहिलो कृति ’युगको वारिस’ विसं २००८ मा प्रकाशित भएको थियो।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  ४ : ३५ बजे

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

युरोपेली नेसन्स लिग – रोनाल्डोको गोलमा जर्मनीलाई हराउँदै पोर्चुगल फाइनलमा

काठमाडौं – पोर्चुगल युरोपेली नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ।

आज विश्व वातावरण दिवस मनाइँदै

काठमाडौं– आज जुन ५ अर्थात् विश्व वातावरण दिवस । ‘प्लाष्टिक

नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्री ओलीको बधाई

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क्रिकेट टिमलाई बधाई

यी प्रदेशमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल