उद्योग व्यवसायको विस्तारमा सक्रियतापूर्वक लाग्नुस् : अध्यक्ष दाहाल « Khabarhub

उद्योग व्यवसायको विस्तारमा सक्रियतापूर्वक लाग्नुस् : अध्यक्ष दाहाल


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको आर्थिक समृद्धिलाई केन्द्रमा राखेर उद्योग व्यवसायको विस्तारमा सक्रियताका साथ लाग्न नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीलाई आग्रह गरेका छन् ।

महासंघको नवनिर्वाचित पदाधिकारीसँग आज भएको भेटमा अध्यक्ष दाहालले पदाधिकारीलाई कार्यकालको शुभकामना दिँदै देशभित्रै उद्योग व्यवसायको विस्तारमा लाग्न आग्रह गरेका हुन ।

निजी क्षेत्रको छाता संस्थाका रुपमा रहेको महासंघलाई आफूले सधैँ उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले मुलुकको अर्थतन्त्रको प्रमुख आधारका रूपमा रहेका साना तथा मझौला उद्योग व्यवसायको पुनरोत्थानका लागि आफ्नो पनि विशेष जोड रहेको बताए ।

उनले महासंघको नवनिर्वाचित नेतृत्वले पनि सो क्षेत्रलाई केन्द्रमा राखेर काम गर्ने तयारी गरेको थाहा पाउँदा आफूलाई खुशी लागेको बताए ।

महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरू अञ्जन श्रेष्ठ र रामचन्द्र संघई र कोषाध्यक्ष सकुन्तलाल हिराचनसहितको प्रतिनिधिमण्डलले आज अध्यक्ष दाहालसँग भेटवार्ता गरेको हो ।

भेटमा नवनिर्वाचित कार्यसमितिका तर्फबाट अध्यक्ष गोल्छाले कोभिड महारमारीको अवस्थामा पनि मुलुकको अर्थतन्त्रलाई सकुशल माथि उठाउन निजी क्षेत्रको सुझावसहितको ‘भिजन पेपर’ तयारी गरिरहेको जानकारी गराए । ्उ

अध्यक्ष गोल्छाले आर्थिकदेखि सम्पूर्ण क्षेत्रकै लागि कोभिड अत्यन्त ठूलो चुनौती बनेर आएकाले यसबाट मुलुकलाई सकुशल माथि उठाउनु सबैको कर्तव्य भएको र निजी क्षेत्रको नेतृत्वदायी संस्था महासंघले यसका लागि विशेष गृहकार्य गरिरहेको पूर्वप्रधानमन्त्री दाहाललाई जानकारी गराएको थियो ।

निजी क्षेत्रले सरकार तथा राजनीतिक दलहरूबाट मुलुकको आर्थिक पुनरोत्थानका लागि उत्तिकै सहयोगको अपेक्षा गरेको उल्लेख गर्दै सत्तारूढ पार्टीको कार्यकारी अध्यक्षको हैसियतले आफूहरुले सहयोग र साथ पाउने विश्वास महासंघको पदाधिकारीले गरेको थियो ।

भेटमा महासंघका पदाधिकारीहरुबाट साना तथा मझौला उद्योग व्यवसायको पुनरोत्थानमा विशेष जोड दिनुपर्ने बताउँदै मौद्रिक नीतिमार्फत आएका राहतका सुविधाहरूको कार्यान्वयनको अनुभूति स्थानीय तहका उद्यमी व्यवसायीहरूले गर्न पाउनुपर्नेमा जोड दिइएको थियो ।

महासंघका पदाधिकारीको कुरा सुनेपछि अध्यक्ष दाहालले आफ्नो तर्फबाट उद्योगी व्यवसायीलाई सधैँ सहयोग रहने र सरकारले पनि सहजीकरण गर्ने विश्वास दिलाएका थिए ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  १० : ०५ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि