आईसीसी टी–२० विश्वकपमा नेपालले सोझै ग्लोबल क्वालिफायर खेल्ने « Khabarhub

आईसीसी टी–२० विश्वकपमा नेपालले सोझै ग्लोबल क्वालिफायर खेल्ने


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्ट्रेलियामा हुने सन् २०२२ को आईसीसी टी–२० विश्वकपमा नेपालले सोझै ग्लोबल क्वालिफायर खेल्ने भएको छ ।

सोमबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको विज्ञप्ति अनुसार  २०२२ को टी–२० विश्वकपका लागि नेपालसहित जिम्बाबे, युएई र सिंगापुरले सिधै ग्लोबल छनोट खेल्ने भएका हुन् ।

टी–२० वरियतामा अगाडि रहेको हुँदा नेपालसहित चार टिमले सिधै ग्लोबल क्वालिफार खेल्ने अवसर पाएका हुन् ।

ग्लोबल छनोटमा १६ टीमले प्रतिस्पर्धा गर्नेछन् । दुई समूहमा विभाजन गरिने प्रतिस्पर्धामा दुबै समूहका शीर्ष चार टोलीले विश्वकपमा स्थान बनाउने छन् ।

ग्लोबल क्वालिफायरमा नेपाल, जिम्बावे, युएई र सिंगापुरसहित २०२१ को विश्वकपको अन्तिम चार टिम र रिजनल क्वालिफायरबाट आउने ८ टिमले खेल्नेछन् भने भारतमा हुने २०२१ को विश्वकपका शीर्ष ११ टोली सोझै विश्वकमा प्रवेश पाउनेछन् ।

यस्तै, अस्ट्रेलिया आयोजकका रुपमा विश्वकपमा स्थान पाउनेछ ।

क्षेत्रीय छनोटमा पूर्वी एसिया र अफ्रिकाबाट समान एउटा टिम ग्लोबल क्वालिफायरमा छनोट हुनेछन् ।

यस्तै अमेरिका र युरोपबाट २–२ टिम ग्लोबल क्वालिफायरमा पुग्नेछन् भने एसियन रिजनमा दुई समूहमा क्वालिफायर हुनेछ र दुवै समूहबाट १–१ टिम ग्लोबल क्वालिफायरमा पुग्नेछन् ।

अष्ट्रेलियामा हुने विश्वकपसम्म पुग्नका लागि १३ महिनाको अन्तरालमा कूल २२५ टी–२० अन्तर्राष्ट्रिय खेल हुने छन् ।

रिजनल क्वालिफायरमा कूल ६७ टिमले प्रतिस्पर्धा गर्ने र हंगेरी रोमानिया र सर्बियाले पहिलो पटक टी–२० विश्वकप क्वालिफायर खेल्ने आईसीसीले विज्ञप्तिमा जनाएको छ ।

यसअघि सन् २०२० मा अष्ट्रेलियामा विश्वकप हुने तय थियो र त्यसका लागि १६ टिमको टुङ्गो लागिसकेको थियो । यस्तै २०२१ मा भारतमा अर्को टी–२० विश्वकप आयोजना गर्ने तयारी थियो ।

तर कोरोना महामारीले लामो समय अन्तर्राष्ट्रिय क्रिकेट प्रभावित भएकोले अब २०२० को लागि छनोट भएका टिमहरुले सन् २०२१ मा भारतमा टी–२० विश्वकप खेल्नेछन् ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ९ : ३४ बजे

राष्ट्रियसभामा १७ सदस्यका लागि सातवटै प्रदेशमा मतदान जारी

काठमाडौं– राष्ट्रियसभामा आगामी फागुन २० गतेबाट रिक्त हुने १९ मध्ये

मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक म्याद थप

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचन

साँगामा तीव्र गतिमा अण्डरपास निर्माण (तस्बिरहरू) 

भक्तपुर– भक्तपुर र काभ्रेपलान्चोकको सिमाना क्षेत्र साँगामा दुई लेनको अण्डरपास

बालेन पब्लिक डिबेटमा नबस्‍ने , भन्छन्– ७६ बच्चाको हत्यारासँग एउटै मञ्‍चमा उभिन्‍न

काठमाडौं – काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले नेकपा (एमाले)का अध्यक्ष

राष्ट्रियसभा निर्वाचन : बागमतीमा ६ जनाबीच प्रतिस्पर्धा

बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान