आईसीसी टी–२० विश्वकपमा नेपालले सोझै ग्लोबल क्वालिफायर खेल्ने « Khabarhub

आईसीसी टी–२० विश्वकपमा नेपालले सोझै ग्लोबल क्वालिफायर खेल्ने


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्ट्रेलियामा हुने सन् २०२२ को आईसीसी टी–२० विश्वकपमा नेपालले सोझै ग्लोबल क्वालिफायर खेल्ने भएको छ ।

सोमबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको विज्ञप्ति अनुसार  २०२२ को टी–२० विश्वकपका लागि नेपालसहित जिम्बाबे, युएई र सिंगापुरले सिधै ग्लोबल छनोट खेल्ने भएका हुन् ।

टी–२० वरियतामा अगाडि रहेको हुँदा नेपालसहित चार टिमले सिधै ग्लोबल क्वालिफार खेल्ने अवसर पाएका हुन् ।

ग्लोबल छनोटमा १६ टीमले प्रतिस्पर्धा गर्नेछन् । दुई समूहमा विभाजन गरिने प्रतिस्पर्धामा दुबै समूहका शीर्ष चार टोलीले विश्वकपमा स्थान बनाउने छन् ।

ग्लोबल क्वालिफायरमा नेपाल, जिम्बावे, युएई र सिंगापुरसहित २०२१ को विश्वकपको अन्तिम चार टिम र रिजनल क्वालिफायरबाट आउने ८ टिमले खेल्नेछन् भने भारतमा हुने २०२१ को विश्वकपका शीर्ष ११ टोली सोझै विश्वकमा प्रवेश पाउनेछन् ।

यस्तै, अस्ट्रेलिया आयोजकका रुपमा विश्वकपमा स्थान पाउनेछ ।

क्षेत्रीय छनोटमा पूर्वी एसिया र अफ्रिकाबाट समान एउटा टिम ग्लोबल क्वालिफायरमा छनोट हुनेछन् ।

यस्तै अमेरिका र युरोपबाट २–२ टिम ग्लोबल क्वालिफायरमा पुग्नेछन् भने एसियन रिजनमा दुई समूहमा क्वालिफायर हुनेछ र दुवै समूहबाट १–१ टिम ग्लोबल क्वालिफायरमा पुग्नेछन् ।

अष्ट्रेलियामा हुने विश्वकपसम्म पुग्नका लागि १३ महिनाको अन्तरालमा कूल २२५ टी–२० अन्तर्राष्ट्रिय खेल हुने छन् ।

रिजनल क्वालिफायरमा कूल ६७ टिमले प्रतिस्पर्धा गर्ने र हंगेरी रोमानिया र सर्बियाले पहिलो पटक टी–२० विश्वकप क्वालिफायर खेल्ने आईसीसीले विज्ञप्तिमा जनाएको छ ।

यसअघि सन् २०२० मा अष्ट्रेलियामा विश्वकप हुने तय थियो र त्यसका लागि १६ टिमको टुङ्गो लागिसकेको थियो । यस्तै २०२१ मा भारतमा अर्को टी–२० विश्वकप आयोजना गर्ने तयारी थियो ।

तर कोरोना महामारीले लामो समय अन्तर्राष्ट्रिय क्रिकेट प्रभावित भएकोले अब २०२० को लागि छनोट भएका टिमहरुले सन् २०२१ मा भारतमा टी–२० विश्वकप खेल्नेछन् ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ९ : ३४ बजे

रातो पासपोर्ट दुरूपयोग प्रकरण : संविधानसभाका तीन सदस्य उच्चबाट पनि दोषी ठहर

काठमाडौं- उच्च अदालत पाटनले रातो पासपोर्ट दुरुपयोगका क्रममा सरकारी कागजात

नेपाल–इजरायल आर्थिक सहकार्य विस्तारमा जोड

काठमाडौं–  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका

तलब नपाएपछि कङ्गोमा इबोला उपचार केन्द्रका स्वास्थ्यकर्मीको हडताल

एजेन्सी– कङ्गोमा तीव्र रूपमा फैलिरहेको इबोला प्रकोप नियन्त्रणको प्रयासबीच उत्तरपूर्वी

सञ्चारगृहका गेटमा गाडी तेर्स्याइएको घटनाबारे छानबिन हुनुपर्छ : रवि लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सञ्चारगृहका गेटसामु गाडी

संविधानसभाका तीन सदस्यलाई दोषी ठहर गर्ने जिल्ला अदालतको निर्णय सदर

काठमाडौं– उच्च अदालत पाटनले रातो पासपोर्ट दुरुपयोग र कीर्ते कागजसम्बन्धी