बिग बास लिगका लागि सन्दीप लामिछाने अस्ट्रेलिया प्रस्थान « Khabarhub

बिग बास लिगका लागि सन्दीप लामिछाने अस्ट्रेलिया प्रस्थान


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली लेग स्पिनर सन्दीप लामिछाने बिग बास लिग (बीबीएल) का लागि आज अस्ट्रेलिया प्रस्थान गरेका छन् ।

बीबीएल सुरु भइसक्दा काठमाडौंमा रहेका उनी मंगलबार बिहान ११ बजे अस्ट्रेलिया प्रस्थान गरेका हुन् ।

अस्ट्रेलिया पुगेपछि उनी १४ दिन क्वारेन्टाइनमा बस्नेछन् । त्यसपछिको पीसीआर परीक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएमा उनले खेल खेल्नेछन् ।

सन्दीप यो सिजनको बिग बास लिग होबर्ट हुरिक्यान्समा आवद्ध छन् । उनको टोलीले अहिलेसम्म खेलेका दुई खेलमा दुवै जित हात पारेको छ ।

सन्दीप केही समय अगाडि कोरोना संक्रमीत भएका थिए । तर, केही दिनको अस्पतालमा उपचार पछि उनी निको भइसकेका छन् ।

पिटर ह्यान्डस्कोम्बको कप्तानी गरेको हुरिक्यान्सले यो सिजनका लागि नेपालका युवा सेन्सेसन सन्दीपलाई टिममा आवद्ध गरेको हो ।

सन्दीपले यसअघिका दुई संस्करण मेलबर्न स्टारबाट खेलेका थिए । जसमा उनको प्रदर्शन उत्कृष्ट रहँदै आएको थियो । दुई सिजनमा गरि २६ विकेट हात पारेका छन् ।

नोभेम्बरमा दुवईमा सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) मा सन्दीप दिल्ली क्यापीटल्समा आवद्ध थिए । तर, दिल्लीले सन्दीपलाई मैदान उत्रने अवसर भने दिएन । दिल्ली गएको सिजनमा फाइनलसम्म पुग्न सफल भएको थियो ।

नेपाली क्रिकेट टीमका युवा स्टार लामिछाने आईसीसीको बरियतमा एक स्थान सुधार भएको छ । उनी अहिले बरियतको ८०औँ स्थानमा छन् ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ११ : ३३ बजे

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर