मोबाइलमा फोन नलाग्दा बारम्बर सुनिने स्वर कसको हो, तपाईंलाई थाहा छ ? « Khabarhub

मोबाइलमा फोन नलाग्दा बारम्बर सुनिने स्वर कसको हो, तपाईंलाई थाहा छ ?


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोबाइलमा फोन गर्दा कुनै कारणवस फोन लागेन वा गर्न खोजिएको फोन व्यस्त भएमा उताबाट आउने आवाज अधिकांश जसो मोबाइल प्रयोगकर्तालाई कण्ठ भइसकेको छ ।

नेपाल टेलिकमको मोबाइल वा एनसेल मोबाइलमा फोन गर्दा स्वीच अफ भए सम्पर्क हुन नसके आउने आवाज कसको होला ? तपाईंलाई यसबारे जानकारी छ ?

नेपाल टेलिकमको (एनटिसी) मोबाइलमा फोन गर्दा आउने जानकारी ‘तपाईले डायल गर्नुभएको नम्बर अहिले व्यस्त छ । केही समयपछि पुनः डायल गर्नुहोला ।’ भन्ने जाकारी दिने स्वर अनुपमा कर्माचार्यको हो । भने एनसेलमा सुनिने आवाज सुबानी मोक्तानको हो ।

नेपाल टेलिकमले मोबाइल सेवाका लागि सन्देश रेकर्ड गराउन कलाकारको खोजी गरेको थाहा पाएपछि अनुपमा आफ्नो स्वर रेकर्ड गरेर पठाइन्। अरू केही कलाकारसँगै उनको स्वर पनि छानियो।

उनै कर्माचार्यको स्वर अहिलेसम्म पनि बजिराखेको छ। त्यस्तै टेलिकममा बज्ने स्वरमध्ये भूमिका थापाको स्वर पनि हो। उनले रेकर्ड गराएको सन्देश अङ्ग्रेजी भाषामा बज्छ।

पछि सुरु भएको अर्को निजी दूरसञ्चार कम्पनी एनसेलका लागि सुबानी मोक्तानले पनि आफ्नो स्वर दिएकी छन्।

अनुपमा कर्माचार्यले केही अन्य विज्ञापनमा पनि स्वर दिएकी छन्। हाल उनी नेपाल विद्युत् प्राधिकरणसँग आबद्ध छिन्।

भूमिका थापा पहिला रेडियो तथा टेलिभिजनमा कार्यक्रम प्रस्तुत गर्थिन् भने सुबानी मोक्तान गायिका हुन्।

बीबीसी नेपालीको सहयोगमा

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  ५ : २८ बजे

इभीमा आगलागी, चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान

भोटेकोशी बाढी : फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

बागलुङ– भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

नुवाकोट– यही भदौ १० गते भोटेकोशीमा नदीमा आएको बाढीले नुवाकोटको

गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

काठमाडौं– काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर