गौतम बुद्ध कपको उपाधि राप्तीलाई « Khabarhub

गौतम बुद्ध कपको उपाधि राप्तीलाई


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको नमूना मैदानमा भएको गौतमबुद्ध टी २० क्रिकेटको उपाधि राप्तीले उचालेको छ ।

१४४ रनको लक्ष्य पछ्याएको नारायणीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन मात्रै बनाएपछि राप्ती ९ रनले विजयी भएको हो ।

नारायणीका आरिफ शेखले सर्वाधिक ४८ रन बनाए पनि टिमको जितका लागि भने प्रयाप्त भएन । यस्तै, इशान पाण्डे र रित गौतमले समान २७/२७ रन बनाए । नारायणीलाई १३४ मा रोक्न राप्तीका लागि अविननाश बोहोराले तीन विकेट लिए भने भुवन कार्कीले २ तथा जितेन्द्र मुखिया र कमल सिंह ऐरीले समान एक/एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको राप्तीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १४३ रन बनाएको थियो । मंगलबार भएको फाइनलमा नमुना मैदानमा उत्कृष्ट सुरुवात गरेको राप्तीका लागि कुशल भुर्तेलले सर्वाधिक ४२ रन बनाए । यस्तै, बिनोद भण्डारीले ३२, अमित श्रेष्ठले १८ र शरद भेषवाकरले १० रन बनाए ।

राप्तीलाई रोक्न नारायणीका शाहाब आलमले ३, सुशन भारीले २ र कप्तान करन केसीले १ विकेट हात पारे । नमूना मैदान खेल्न योग्य भइसहेको सन्देश दिन यो प्रतियोगिता आयोजना गरिएको हो । जसमा बाग्मती, नारायणी र राप्ती गरि तिन टोलीमा विभाजन गरिएको थियो ।

जसमा बाग्मतीको टीम यसअघि नै लगातार हार व्येहोर्दै सिरिजबाट बाहिरिएको थियो ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ४ : १० बजे

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर